अख्तियार भन्छ-यी हुन् घुस्याहा कर्मचारी



हाम्रो इकोनोमि

काठमाडौँ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा राजधानी काठमाडौंमा सबैभन्दा धेरै घुस खाने कर्मचारी पाइएको छ । चालू आर्थिक वर्षको जेठ २८ गतेसम्म सबै भन्दा धेरै काठमाडौं जिल्लामा घुस खाँदै गरेका १९ जना कर्मचारी रंगेहात पक्राउ परेको उल्लेख गरिएको छ ।

ललितपुरबाट ३ र भक्तपुरबाट २ जना कर्मचारी घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला घुस लिने जिल्लामा दोस्रो स्थानमा रहेको छ । धेरैजसो घुस लिने काम नापी तथा मालपोत विभागमा हुने गरेको पाइएको अख्तियारका प्रवक्ता जिवराज कोइरालाले जानकारी दिए।

आयोगका प्रवक्ता कोइरालाले घुस लिँदै गर्दा रंगेहात पक्राउ पर्ने कर्मचारीमा नायव सुब्बा सबैभन्दा बढि रहेका छन । चालू आर्थिक वर्षको हालसम्म पक्राउ परेका ७६ जना मध्ये ३४ जना नायव सुब्बा घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन ।राजधानी काठमाडौंमा सबैभन्दा धेरै घुस खाने कर्मचारी पाइएको छ ।

१५ जना शाखा अधिकृतलाई पनि घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको छ । ५ जना उपसचिव समेत घुस खाँदै गर्दा पक्राउ परेको प्रवक्ता कोइरालाले बताए। अख्तियारले घुस खाने कुनै पनि कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याउने प्रतिवद्धता समेत जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...