राष्ट्रपति स्विजरल्यान्ड जाँदै



हाम्रो इकोनोमि

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार स्विजरल्यान्ड भ्रमणमा प्रस्थान गर्दै हुनुहुन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्यान्डको जेनेभामा आयोजना गर्न लागेको ‘वर्ल्ड अफ वर्क समिट’ मा भाग लिन राष्ट्रपति त्यसतर्फ जान लाग्नुभएको हो । अन्नपूर्ण पोष्टले समाचार छापेको छ ।

संयुक्त अरब इमिरेट्स हुँदै राष्ट्रपति नेतृत्वको ११ सदस्यीय टोली जेनेभा जान लागेको छ । राष्ट्रपति मंगलबार अपराह्न ५ बजे त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । गत साता सुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं सत्रकै दौरान वर्ल्ड अफ वर्क समिट’ हुन लागेको हो ।

नेपालका अलावा मौरिसस र माल्टाका राष्ट्रपति पनि सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । नयाँ संविधानमार्फत महिला तथा कामदारका हक, हित र अधिकार सुनिश्चित गरिएकोलगायत विषयमा राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउनुहुने भएको छ । नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनको गभर्निङ बोर्डको उपसदस्यका लागि दिएको उम्मेदवारीमा समर्थन गर्न उहाँले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुहुनेछ ।

राष्ट्रपति भण्डारी भ्रमण सकेर आइतबार स्वदेश फर्किने कार्यक्रम छ । स्विजरल्यान्डमा रहँदा उहाँसँग आईएलओका महानिर्देशक गाई राइडरले भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । आईएलओका महानिर्देशकले राष्ट्रपतिको सम्मानमा स्वागत समारोह आयोजना गर्नुहुने भएको छ । जेनेभास्थित नेपाली राजदूत दीपक धितालले राष्ट्रपतिको सम्मानमा स्वागत कार्यक्रम गर्नुहुने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्र सचिव शंकर वैरागी, राष्ट्रपतिकी निजी सचिव विमला राई, शिष्टाचार महापाल दीपक अधिकारी, परराष्ट्र सहसचिव भरतराज पौड्याललगायत ११ जना रहनुहुनेछ । सम्मेलनअन्तर्गत ‘वल्र्ड अफ वर्क समिट’ मा जलवायु परिवर्तनका कारण कामदार, व्यवसाय र समुदायमा परेका असरबारे छलफल हुने आईएलओले जनाएको छ ।

नेपाल आईएलओको सदस्य बनेको ५० वर्ष पुगेको छ । नेपाल सन् १९६६ मा आईएलओको सदस्य बनेको थियो तर सरकारीतर्फबाट आईएलओको कुनै पनि कार्यकारी पदमा हालसम्म पुगेको छैन । राष्ट्रपतिको तेस्रो विदेशयात्रा हुन लागेको हो । यसअघि भण्डारी पहिलो विदेशयात्रामा छिमेकी भारत जानुभएको थियो । राष्ट्रपतिको दोस्रो भ्रमण श्रीलंकामा भएको थियो । गत महिना राष्ट्रसंघीय भेसाक दिवसमा सहभागी हुन उहाँ थाइल्यान्ड हुँदै श्रीलंका जानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...