रौतहटमा जंगली हातीले एकघर भत्कायो



हाम्रो इकोनोमि

 

रौतहटस्थित गएराती जंगली हातीले एकजनाको घर भत्काएको छ । जिल्लाको उतरीभेग चन्द्रपुर नगरपालिकास्थित जंगली हातीले घर भत्काएको हो । शनिबार राती १२ बजेको समयमा चन्द्रपुर नगरपालिका वडानं ८ मरधर गैरी टोलका वीर बहादुर वाईवाको घर भत्काएको हो ।

२ वटा हात्तिले रातीको समयमा वाईवाको काठको घर भत्काउनुका साथै अन्नपात समेत खाएर नष्ट पारेको पिडित परीवारले जनाएको छ   । हात्तीले दुइलाख बराबरको धनमाल नष्ट पारेको पीडित वाईवाले जानकारी तराई एक्सप्रेसलाई दिए ।

एकघण्टा सम्म घर भत्काएर हात्ति सोही स्थानमा बसेपछि गाँउलेले राँको बालेर होहल्ला गरेपछी हाती त्यहाँ बाट भगेका थियो । घर अगाडीबाट हात्तिले आक्रमण गर्न थालेपछि वाईवा परिवारका सबै सदस्य घर पछाडीबाट भागेर बाच्न सफल भएको गाँउलेहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...