गठबन्धनको बहुमत पुगेन, यस्ताे छ प्रतिनिधिसभाकाे हिसाबकिताब



 

 

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना कार्य सकिएको छ । प्रत्यक्षतर्फको मतणना यस अघि नै सकिए पनि समानुपातिकतर्फको मतगणना कार्य भने मंगलबार साँझ मात्रै सकिएको छ । मंगलबार साँझ समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै निर्वाचन आयोगले थ्रेस होल्ड कटाउने राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या निर्धारण गरेर पठाएको छ ।

समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा ९एमाले०ले ३४, नेपाली काँग्रेसले ३२, नेकपा (माओवादी केन्द्र)ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सिट प्राप्त गर्ने भएका छन् । उनीहरुले प्राप्त गर्ने सिट संख्या उल्लेख गर्दै आयोगले थ्रेस होल्ड कटाएर राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने ७ वटै दललाई पत्राचार गरेको छ ।

आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । उनका अनुसार ति दलले अबको ३ दिन भित्र आफुले प्राप्त गरेको सिट संख्या अनुसारको उम्मेदवारको नामावली आयोगको निर्देशिकामा टेकेर तोकिएको कलस्टर अनुसार पेश गर्नुपर्नेछ । पेश गरेको सूची नमिलेमा आयोगले थप २ दिनको समयसिमा दिएर दललाई सच्याउने मौका दिनेछ । त्यसपछि मात्रै आयोगले निर्वाचित उम्मेदवारको नामावली घोषणा गर्नेछ ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फको सिट संख्या आधारमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिटसहित जम्मा ८९ सिट प्राप्त गर्दै सबैभन्दा ठुलो दल नेपाली काँग्रेस बनेको छ । यस्तै दोस्रोमा नेपाल (एमाले)ले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिटसहित जम्मा ७८ सिट प्राप्त गर्दै दोस्रो दल बनेको छ । यसरी हेर्दा काँग्रेस भन्दा एमालेले १२ सिट कम प्राप्त गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले भने प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरेर जम्मा ३२ सिट प्राप्त गर्दै प्रतिनिधि सभामा तेस्रो दल बनेको छ भने यस पटकको प्रतिनिधि सभामा मात्रै सहभागि भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ १३ सिट गरेर जम्मा २० सिट प्राप्त गर्दै चौथो दलका रुपमा उदाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ ७ सिट गरेर जम्मा १४ सिट प्राप्त गर्दै पाचौँ दल बन्न सफल भएको छ । प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ ५ गरेर जम्मा १२ सिट प्राप्त गर्दै जनता समाजवादी पार्टी छैटौ दल बनेको छ ।

प्रत्यक्षतर्फ १ सिट मात्रै प्राप्त गरेको सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ थ्रेस होल्ड कटाएर ५ सिटसहित जम्मा ६ सिट प्राप्त गर्दै आफुलाई राष्ट्रिय दल बनाउन सफल भएको छ । जनमत पार्टीसहित यस पटक संसदमा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेको संख्या ७ पुगेको छ । २०७४ सालको निर्वाचनमा ५ दल मात्रै राष्ट्रिय दल बन्न सफल भएका थिए ।

बाँकी ६ दलले भने समानुपातिकतर्फ थ्रेस होल्ड नकटाएका कारण प्रत्यक्षतर्फ मात्रै जित हासिल गरेका छन् । जसमा प्रत्यक्षतर्फ १० सिट प्राप्त गरेर समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेस होल्ड कटाउन नसकेको नेकपा (एकीकृत समाजवादी) प्रतिनिधि सभामा सातौँ दलका रुपमा प्रस्तुत भएको छ । यद्यपी थ्रेस होल्ड कटाउन नसकेका कारण उक्त दलले राष्ट्रिय दल बन्ने मौका भने गुमाएको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी ४ सिट, नागरिक उन्मुक्ति पार्टी ३ सिट, राष्ट्रिय जनमोर्चा १ सिट, नेपाल मजदुर किसान पार्टी १ सिटसहित संसदमा सहभागि हुने भएका छन् । स्वतन्त्रबाट निर्वाचित ५ जना पनि यस पटक प्रतिनिधि सभामा सहभागि हुदैँछन् ।

 

जनमत पार्टीको समर्थन पाउने वित्तिकै सत्ता गठबन्धनलाई सरकार गठनमा सहज

यसैबीच सीके राउत नेतृत्वको जनमत पार्टीले सत्ता गठबन्धनलाई समर्थन गर्ने वित्तिकै नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि सहज भएको छ । नेपाली काँग्रेसले प्राप्त गरेको ८९ सिट, नेकपा (माओवादी केन्द्र(को ३२ सिट, नेकपा (एकीकृत समाजवादी)को १० सिट, लोकतान्त्रिक समाजवादी पार्टीको ४ सिट, राष्ट्रिय जनमोर्चाको १ सिट जोडेर १३६ सिट पुगेको छ ।

यसैमा जनमत पार्टीको ६ सिट जोडिने वित्तिकै सत्ता गठबन्धनलाई सरकार गठनका लागि १४२ सिट पुग्नेछ । १३८ सिटमा नै सत्ता गठबन्धनलाई बहुमत पुग्ने भएकाले बहुमत पुगेर पनि ३ सिट थप हुनेछ ।

प्रतिक्रिया दिनुहोस
यती विमान दुर्घटनास्थलमा श्रद्धाञ्जली सभा

    एकातिर बुद्ध धर्मालम्बीले आफ्नै परम्परा अनुसार पूजापाठ, अर्कोतिर हिन्दु धर्मावलम्बी ।

बानेश्वरमा सुकुम्बासीहरुको सडक धर्ना

    स्थायी विकल्प विना नहटाउन माग गर्दै सुकुम्बासीहरुले नयाँबानेश्वरमा धर्ना दिएका छन्

गृहमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ

वामदेव गौतम नेकपा एसमा जाने तयारी

    नेकपा एकीकृत समाजवादी पार्टीले घनश्याम भुसाललाई महासचिव बनाउनेगरी छलफल अघि बढाएको