कांग्रेसमा ७ रेक्टरको भूकम्प जाँदैछ, एमालेले सम्हालेर लाँदैछ : पूर्वमन्त्री बस्नेत



 

 

नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आगामी निर्वाचनमा कांग्रेसमा ७ रेक्टरको भूकम्प जाने दाबी गर्नुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुर क्षेत्र नं. २ ‘क’ सूर्यविनायक क्षेत्र निर्वाचन परिचालन कमिटीले आयोजना गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै नेता बस्नेतले कांग्रेसका असंख्य नेता तथा कार्यकर्ताहरू एमालेको समर्थनमा रहेको बताउनुभयो ।

कांग्रेसका हजारौँ कार्यकर्ताहरू एमालेमा प्रवेश तथा समर्थन गरेसँगै भक्तपुरबाट कांग्रेस ४०औं वर्ष एमालेले नेतृत्व गर्ने अवस्था बनेको उल्लेख गर्दै उहाँले देशभर कांग्रेस छोडेर तथा निर्वाचनमा पराजय पश्चात् देशभरबाट कांग्रेसलाई जनमतको माध्यमबाट जनताले लखेट्ने अवस्थामा पुगेको बताउनुभयो । कांग्रेसमा पीडित भएका र एमालेले लिएको विकास र समृद्धिको साथमा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको पक्षमा लिएको अडानका कारण एमालेमा कांग्रेसलगायतका नेताहरूलाई स्वागत गरी मुलुक निर्माणको पक्षमा लगाउने बताउनुभयो ।

भक्तपुर एमालेमय भएकाले एमालेकै जनताको तिर विकास भएको उल्लेख गर्दै उहाँले यही गतिमा रहे भक्तपुरमा कांग्रेस घट्दै जाने र एमाले बढ्दै जाने दाबी गर्नुभयो । भक्तपुरका जनताको लागि एमालेको विकल्प कांग्रेस हुनै नसक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘आगामी निर्वाचन पछि कांग्रेसले ठूलो पराजय व्यहोर्नेछ । जनताबाट तिरस्कृत हुनेछ । गठबन्धनको वैशाखी अन्त्य हुनेछ । लाखौं नेता तथा कार्यकर्ता एमालेको बलियो घरभित्र आउनेछन् । निर्वाचन पछि कांग्रेसमा ७ रेक्टरको भूकम्प जानेछ ।

त्यो राजनीतिक भूकम्पलाई एमालेले थाम्ने छ । त्यसपछि देशमा स्थिर सरकार बन्नेछ । विकास निर्माणका कार्यहरू सुचारु हुनेछन् । गठबन्धन सरकारले विकास होल्डेको अन्त्य एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि मात्र हुने कुरा जनताले बुझेका छन् । त्यसैले आगामी निर्वाचन पछि कांग्रेसले सरकारको नेतृत्वमा पुग्ने सपना सधैंको लागि अन्त्य हुनेछ ।’ भक्तपुरको समस्यामा एमाले सधैं जनताको साथमा रहेर मानवीय कार्य गरेको तथ्यहरू उल्लेख गर्दै उहाँले सूर्यविनायकवासीहरुले गौरव गर्ने अवस्था बनाएको दाबी गर्नुभयो ।

विपक्षी दलका पछिल्लो अभिव्यक्तिहरूलाई जवाफमा स्यालको कथा सुनाउँदै उहाँले भन्नुभयो, ‘स्वालले रुखमा पाकेको स्याउ देख्छ । अनि उफ्री उफ्री खान खोज्छ, टिप्न खोज्छ तर सक्दैन । अनि के भन्छ भने त्यो स्याउ त अमिलो छ । त्यो खायो भने पेट दुख्छ, झाडा पखाला लाग्छ । यो काम नलाग्ने स्याउन हो भन्छ । किन भने त्यसको स्याउ खान सक्ने हैसियत छैन । त्यसेले त्यस्ता प्रतिक्रियाहरू दिन्छ । आज उम्मेदवारले आफ्नो परिवार, दाजुभाइ, आफन्त खोज्दै हिँडेका छन् । भक्तपुरका गठबन्धनका उम्मेदवारले ३०–४० वर्ष नचिनेको आफन्त खोज्दै हिँडेका छन् ।

गठबन्धनका उम्मेदवारले आफन्तकामा गएर भन्ने गरेका छन्, महेश बस्नेतको जस्तै विकास गर्छु, गुण्डुको जस्तै विकास गर्छु, किरण थापाको सिपाडोल जस्तै विकास गर्छु, कसम कटुञ्जेमा त्यस्तै विकास गर्छु । नत्र मेरो गाडी जलाई देउ, घर जलाई देउ । भन्दै हिँडेका छन् । जनताको माग, चाहना र आवश्यकता अनुसारको विकास र समृद्धिको कुनै योजना छैन । त्यस्तै व्यक्तिलाई जनताले राम्रै चिनेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा रुख हेरेर हैन, मुख हेरेर एमालेलाई भक्तपुरमा बौद्धिक जनताले भोट हाल्नेछन् ।’

कांग्रेसमा भूकम्प गएको तथा आगो लागेकाले एमालेमा भोट हाल्न लागेको दाबी गर्दै उहाँले काँग्रेसका नेता तथा कार्यकर्ताले एमालेमा भोट हाल्ने प्रतिबद्धता जनाएको जानकारी गराउनुभयो । जनतालाई उचित क्षतिपूर्ति तथा जग्गा एकीकरणको माध्यमबाट स्मार्ट सिटी, हनुमन्ते करिडोर, प्राणी उद्यान, आधुनिक सभागृह, आधुनिक वीर अस्पताल, रंगशाला लगायतका ठूला आयोजनाहरू सञ्चालन एमालेले गर्ने उल्लेख गर्दै उहाँले कांग्रेस नेता जगन्नाथ आचार्यले आफ्नो कान्छी श्रीमती विमली उपाध्यायको नाममा लगेको सार्वजनिक जग्गा फिर्ता ल्याएरै छाड्ने उद्घोष गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेशसभा ‘क’ सूर्यविनायक क्षेत्रका उम्मेदवार किरण थापाले एमालेको नेतृत्वमा असंख्य विकास निर्माणका कार्यहरू गरी जनतालाई जनप्रतिनिधि भएको आभास गराएको उल्लेख गर्नुभयो । सडक, पुल, विद्यालय, अस्पताल, खानेपानी, ढल लगायतका कार्यहरू भएको उल्लेख गर्दै उहाँले चालु आयोजनाहरू पुरा गर्न आगामी निर्वाचन पछि एमालेको नेतृत्वको सरकार अनिवार्य रहेको बताउनुभयो ।

जनताले मंसिर ४ गते पछि विजयको माला लगाउन आउनु भनी जनताले आर्सीवाद दिइरहेको उल्लेख गर्दै उहाँले विजय पश्चात् जनताको माग, चाहना र आवश्यकता अनुसारको विकास गर्ने प्रतिबद्धता जनाउनुभयो । एमालेको उम्मेदवारहरू सम्पूर्ण जनताको भएको उल्लेख गर्दै उहाँले एमालेको उम्मेदवारका विपक्षी उम्मेदवारहरू जनतालाई थाहा समेत नभएकाहरू भएको बताउनुभयो । गठबन्धनका उम्मेदवारहरूको कुनै पनि चुनावी एजेण्डा नभएको उल्लेख गर्दै उहाँले गठबन्धनका उम्मेदवारहरू भ्रम फैलाउने गाली गलौजमा नै सीमित भएको भन्दै आक्रोश जनाउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार गोविन्द दुलाल, प्रदेशसभाका समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजालगायतले बोल्नुभएको थियो । त्यस्तै कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मलकुमार भट्टराई, एमाले बागमती प्रदेश सदस्य शशी जंग थापा, राजेन्द्र राजथलालगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
गाउँ-गाउँमा नवनिर्वाचित सांसद : मतदातालाई धन्यवाद दिँदै खुसी साट्दै

    प्युठानमा नवनिर्वाचित जनप्रतिनिधिहरु मतदातालाई धन्यवाद दिन घरदैलोमा पुग्न थालेका छन्। यही

चुनाव हारेका देउवाका मन्त्रीहरु अझै सिंहदरवारतिर घाम ताप्दै

    सरकारमा रहेका ६ मन्त्री प्रतिनिधिसभामा पराजित भएका छन् तर राजीनामा दिएका

समानुपातितर्फ एमालेले २५ लाख मत कटायो, माओवादी चौथो नम्बरमा (सूचीसहित)

    प्रत्यक्षतर्फको मतगणना करिब सकिन लाग्दा समानुपातितर्फको गणना जारी छ । आइतबार

दोलखाका १० मतदान केन्द्रमा १५ गते पुन: निर्वाचन गर्ने निर्णय

  दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदानको मिति तोकिएको छ ।