बिकाशप्रेमी नेता सुरेन्द्र पाण्डे ग्रिन जोनमा



 

 

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा चितवन १ मा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे ‘ग्रिन जोन’ मा देखिनु भएको छ । स्थलगत अनुगमन र मतदाताको भावना बुझ्दा बिकाशप्रेमी नेता पाण्डेलाई नै मतदान गर्ने निर्णय गरेको सुनाए ।

स्थलगत अध्ययनको क्रममा बिगतमा नेपाली कांग्रेसलाई मतदान गरेका मतदातासमेत यसपटक पाण्डेलाई मतदान गर्ने निश्कर्षमा पुगेको सुनाएका छन भने नयाँ पार्टी भए पनि रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ पनि बिगतमा कांग्रेसलाई मतदान गर्नेहरु नै बढी देखिएका छन । यसअघि पाण्डेलाई मतदान गरेकामध्ये सानो समुह भने सो पार्टीतर्फ आकर्षित भएको पाइएको छ ।

चितवन १ मा पर्ने रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकाका मुख्य बस्ती र बजारमा झण्डै ३ सय मतदातासँग बुझ्दा अधाभन्दा बढी एमाले उम्मेदवार पाण्डेकै पक्षमा देखिए । यसअघि पाण्डेलाई नै मतदान गरेको बताउने केही मतदाता भने नयाँ पार्टीतिर मतदान गर्ने बताए । कति कांग्रेसलाई हाल्ने ? कहिल्यै राम्रो काम गरेन, यसपटक रबि लामिछानेको पार्टीलाई हालिन्छ,’ अहिलेसम्म कांग्रेसकै मतदाता रहेका रत्ननगरका केही मतदाताले भने । चितवन १ मा पाण्डेसँग रविको राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल उम्मेदवार हुनुहुनछ भने कांग्रेसबाट बिश्व पौडेल उम्मेदवार हुनुहुन्छ ।

पाण्डेको निर्वाचन क्षेत्रमा पर्ने राप्ती नगरपालिका लोथर पुग्दा मतदाताहरु छलफल गरिरहेका थिए, ‘पहिलो जस्तो पार्टी नभनौं यसपाली, भोट त बिकास गर्ने नेतालाई नै दिने हो, सुरेन्द्रले नै यस ठाउँको बिकास गरेका छन । त्यहा उपस्थित झण्डै एक दर्जन बुढाबुढी र युवामध्ये आधाभन्दा बढी यसअघि पाण्डेका मतदाता रहेनछन ।

यसपटक भने पाण्डे नै रोजेको उनीहरुको छलफलको निश्कर्षबाट देखियो । किन सुरेन्द्र पाण्डेलाई फेरि भोट भन्ने प्रश्नमा उनीहरुले भने, ‘काम गर्ने उनै हुन त अरुलाई किन हाल्ने ? पहिला कांग्रेसलाई हालियो, अव त सुरेन्द्रलाई नै हालिन्छ । लोथरका स्थानीय केही बृद्धबृद्धाहरुले यसअघि पत्रकार बनेर आएका केही मानिसहरुले आफूहरुको कुराभन्दा ठी कउल्टो प्रचार गरिदिएको गुनासो पनि गरे ।

यसपटक पनि ‘गिन जोन’ मा रहनुभएका पाण्डेले चितवन–१ बाट २०७० र २०७४ गरी दुईपटक चुनाव जित्नुभएको छ । तुलनात्मक रूपमा हेर्ने हो भने चितवन–१ नेपालका धेरै निर्वाचन क्षेत्रका दाँजोमा विकास र भौतिक पूर्वाधारका हिसाबले पछि छैन, बरू धेरै अघि छ । कतिपय विकास परियोजना पाण्डेले आफ्नै पहलमा यहाँ ल्याउनु भएको हो ।

गत स्थानीय तहको निर्वाचनमा चितवन १ मा पर्ने वडाहरूको मतलाई आधार मान्ने हो भने नेकपा एमालेले ३९ हजार ६ सय ६ मत पाएको छ । नेपाली कांग्रेसले ३६ हजार ७ सय ८३ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ५ हजार २ सय ५२ र नेकपा एकीकृत समाजवादीले ४ हजार ५ मत पाएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी एकै ठाँउमा ४६ हजारभन्दा बढी मत पुग्छ ।

त्यस्तै २०७४ सालको संसदीय निर्वाचनमा समानुपातिकतर्फ यो क्षेत्रबाट एमालेले ३९ हजार ९ सय मत पाएको थियो भने नेपाली कांग्रेसले ३० हजार ७ सय ५० र माओवादी केन्द्रले ८ हजार ७८ मत पाएको थियो । तर पाण्डेको आफ्नो ब्यक्तिगत मतसमेत रहेको र कांग्रेसको मत पनि नयाँ पार्टीतिर गएपछि उहाँको अवस्था सुदृढ बनेको हो । त्यसो त चितवन १ का मतदाता पाण्डे जस्तो सहज नेता अरुलाई ठान्दै ठान्दैनन । यसकारण पनि दिनदिनै उहाँको ग्राफ उकालो लागेको देखिन्छ ।

एमाले का उपाध्यक्ष पाण्डेले अर्थ मन्त्रालय २०६६ जेठदेखि २०६७ माघसम्म अर्थ मन्त्रालयको नेतृत्व गर्नुभयो । तर यो छोटो अवधिमा उनले कहिल्यै नमेटिने छाप छोडेर गएको पूर्वअर्थ सचिवहरुको भनाई छ । र, आज पनि उहाँलाई भनिन्छ, ‘सफल अर्थमन्त्री ।’ पाण्डे कस्ता अर्थमन्त्री थिए ? पूर्वअर्थ सचिव रामेश्वर खनालले सार्वजनिक रुपमा गर्नुभएको टिप्पणी नै काफी छ ।

पाण्डेबारे खनालले भन्नुभएको छ, ‘आर्थिक सूचना तथा परिसूचकहरू तत्काल बुझ्न र सटिक विश्लेषण गर्न उहाँ अरूभन्दा कम हुनु हुन्नथ्यो । चुनौती र सम्भावनाबारे उपयुक्त दृष्टिकोण तथा सोंच निर्माण गर्न सक्ने र विकासका आयामहरू राम्रोसँग बुझेको अर्थमन्त्री हुनुहुन्थ्यो । ‘अर्थशास्त्र नपढेका अर्थमन्त्री’ शीर्षकको एउटा लेखमा खनालले लेख्नुभएको छ, ‘अर्थमन्त्रीका रुपमा सुरेन्द्र पाण्डेको प्रारम्भ र अन्त्यमा गरिएका सार्वजनिक मूल्यांकन आकास–जमिन फरक छन् । शुरूमा उहाँको योग्यता र क्षमतामा थुप्रै प्रश्न उठे । खासगरी आर्थिक पत्रकार जगतले उहाँमाथि भरोसा गर्न सकेन । अन्त्यमा, उहाँको तारिफमा लेखहरू प्रकाशित भए ।’

हुन पनि पाण्डेले छोटो अवधिमा अर्थमन्त्रीको रुपमा जसरी काम गर्नुभयो । त्यही कारण अर्थतन्त्रको क्षेत्रमा काम गर्नेहरुले घरीघरी भन्छन्, ‘सुरेन्द्र पाण्डे एक पटक अर्थमन्त्री भए हुन्थ्यो ।’ आर्थिक विषय, आर्थिक परिसूचकहरूको गहिरो विश्लेषण गर्न सक्ने र अर्थतन्त्रका चुनौती, सम्भावनाबारे उपयुक्त दृष्टिकोण भएको नेता रुपमा उहाँलाई सबैले सम्मान गर्छन् । त्यस कारण उहाँ अर्थतन्त्र क्षेत्रको एउटा अध्येता पनि हुनुहुन्छ ।

चितवन निर्वाचन क्षेत्र नं. १ बाट यसअघि दुई पटक निर्वाचित पाण्डेले यसपालिको एजेण्डा समृद्धि बनाउनु भएको छ । त्यसो त पाण्डेले यसअघि चितवनको विकासमा उलेख्य काम गरेको स्वयं मतदाता नै बताइरहेका छन । चितवनको भण्डारा–मलेखु चेपाङ्ग मार्ग, राप्ती क्षेत्रको कटान रोक्न तटबन्ध, सडक मर्मत र कालोपत्रेमा गराउनु भयो । यस्तै पूर्वी चितवनमा सडक कालोपत्रे गराउने काम पाण्डेबाटै भयो । भने ३५ वटा पक्की पुल निर्माण गराउनु भयो ।

पाण्डेले नै पूर्वी चितवनमा खानेपानीको समस्या सम्बोधन गराउनु भयो । उत्तरी भेगमा बोरिङ्गबाट सिचाई, भण्डरामा राप्ती अस्पताल १८ करोडमा १५ बेड, खैरेनीमा १५ बेडको अस्पताल, रत्न नगरमा ५० बेडको अस्पतालमा विशेषज्ञ सेवा, विभिन्न जातिका सांस्कृतिक भवन निर्माणलगायतका आयोजना सम्पन्न भए । पाण्डे अर्थमन्त्री भएकै बेला मध्यपहाडमा १० वटा शहर निर्माणको अवधारणा आयो । मध्यपहाडी लोकमार्ग र काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माण शुरु भयो । पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमको पाइलट प्रोजेक्ट शुरु गराउनु भयो । यी धेरै कामले यहाँका मतदाता पाण्डे नै ठीक भन्नेमा पुगेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
थापाथलीमाको सुकुम्वासी बस्ती हटाउन पछि नहट्ने महानगर

  काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) थापाथलीको सुकुम्वासी बस्तीलाई कुनै पनि हालतमा

आवासविहीन सुकुमबासीको राजनीति नगरौँ – बाबुराम भट्टराई

  ‘आवासविहीन सुकुमबासीको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौँ ।  पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले

समानुपातिकमा नेकपा एमाले अगाडि

  मंसिर ४ मा सम्पन्न आम निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले निरन्तर अग्रता कायम

कांग्रेसको सरकार बने मुख्यमन्त्री म हुन्छु : इन्द्र बानियाँ

  नेपाली कांग्रेसका नवनिर्वाचित प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले वागमती प्रदेशमा नेपाली कांग्रेसको सरकार