निर्वाचनमा एमाले पदाधिकारी को-कति सुरक्षित ?



 

 

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित १९ मध्ये १५ जना पदाधिकारी प्रत्यक्ष निर्वाचनमा होमिनुभएको छ । एमाले अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवार बन्नुभएको छ । ओली देशभर एमालेको चुनावी अभियान हाँक्नुका साथै समय मिलाएर आफ्नो निर्वाचन क्षेत्रमा पनि चुनावी प्रचार प्रशारको काम गर्नुभएको छ । कांग्रेस र माओवादी समर्थकसमेत झापा ५ मा मतदाताको प्रिय सम्बोधन ‘बाबै’ ओलीको बिकल्प छैन भन्न थालेपछि उहाँको निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी निकै कमजोर देखिएका छन ।

 

गठबन्धनले उठाएको उम्मेदवार र स्वतन्त्र उम्मेदवार जित्नेभन्दा पनि ओलीसँग नाम जोडेर आफ्नो प्रचार गर्ने काममा लागेको कारण पनि झापा ५ मा ओली सुरक्षित रहेको सहजै अनुमान गर्न सकिन्छ । २०४८ सालदेखि लगातार जित्दै आउनुभएका ओली आफ्नो निर्वाचन क्षेत्रमा २०६४ सालको संबिधानसभाको पहिलो निर्वाचनमा मात्रै पराजीत हुनुभएको छ । अन्य निर्वाचनमा ओली लगातार जित्दै आउनु भएको क्षेत्र हो यो ।

यस्तै बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल काठमाडौं–५ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । एमालेका तात्कालिन अध्यक्ष तथा पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीपछि पोखरेल यही क्षेत्रबाट लगातार चुनावमा उम्मेदवार बन्नुभएको छ । अघिल्लो निर्वाचनमा पोखरेलले यही क्षेत्रबाट कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतलाई पराजीत गर्नुभएको हो ।

कांग्रेसले यसपटक पनि पाहुना उम्मेदवार बनाएको र काठमाडौं ५ का मतदाता स्थानीय लोकप्रिय नेतालाई नै आफ्नो जनप्रतिनिधि बनाउने अभियान चलाएको कारण पोखरेल अन्य उम्मेदवार भन्दा निकै अडाडि देखिनुभएको छ । त्यसो त टिकटको समस्या झेल्नु नपर्ने भएको कारण पोखरेलले उम्मेदवारी दर्ताभन्दा धेरै अगाडिबाटै काठमाडौं ५ का मतदातासँग भेटघाट गर्नुभएको थियो । अन्य दलको उम्मेदवार नै टुंगो नलाग्दा नै पोखरेल आधा भन्दा बढी मतदातामाझ पुगिसक्नु भएको छ । पोखरेलका चुनावी अभियानमा खटिएका सहयोगी तथा काठमाडौंका नेताहरु उहाँको जीत सहजै रहेको बताउँछन ।

यस्तै एमाले उपाध्यक्ष बिष्ण पौडेल रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी कायम रहने हो कि होइन भनेर सर्वाेच्च अदालतमा मुद्धा बिचाराधिन रहँदा पौडेल आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ २४सैं घण्टा भेटघाटमा ब्यस्थ बन्नुभएको छ ।

यो निर्वाचन क्षेत्रबाट पौडेल अपराजित नेता हुनुहुन्छ । रुपन्देहीको बिकासमा सवैभन्दा ठूलो भूमिका निर्वाह गर्नुभएको कारण पौडेल सो निर्वाचन क्षेत्रमा निर्बकल्प मानिनु भएको छ । मतदाताहरुको रोजाईमा परेकै कारण पौडेललाई कसैले चुनौती दिन नसक्ने सो क्षेत्रका बुद्धिजिविहरु बताउँछन ।

एमालेका अर्का उपाध्यक्ष सुवास नेम्वाङ इलाम २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । इलामको दुर्गम मानिने सो निर्वाचन क्षेत्रलाई नेम्वाङले नै सुगम बनाउने भूमिका निर्वाह गर्नुभएको हो । सो क्षेत्रमा नेम्वाङ सुरक्षित उम्मेदवार मानिएको स्थानीय नेता कार्यकर्ताको भनाई छ । कसैलाई नबिझाउने नेता भएकै कारण मतदाता उहाँलाई नै जिताउनु पर्छ भन्ने मानसिकतामा बसेको उनीहरुको भनाई छ । नेम्वाङ सो क्षेत्रबाट अपराजित उम्मेदवार हुनुहुन्छ ।

 

एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन १ बा प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । एमालेको गढ मानिने सो क्षेत्रमा पाण्डे यसअघि पनि बिजयी बन्नुभएको हो । भूगोलको सवै समस्या बुझेको र मतदाताको भावनाको सदैव कदर गर्ने नेताका रुपमा परिचित पाण्डेलाई चुनौती दिन गठबन्धनले खासै सकेको छैन । पाण्डेसँग कडा प्रतिस्पर्धा हुने गठबन्धनका नेताहरुले बताए पनि एमालेका स्थानीय कार्यकर्ता उहाँको सहज बिजयको आधार प्रष्ट भइसकेको बताउँछन ।

 

एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ । लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री पोखरेलले आफ्नो निर्वाचन क्षेत्रमा बिपक्षीको प्रतिस्पर्धा नै नरहने अवस्था सिर्जना गरेको गठबन्धनकै नेताहरुको भनाईले पुष्टि गरेको छ ।

नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले पोखरेलसँग प्रतिस्पर्धामा बिजय हासिल गर्न नसकिने निश्कर्षसहित चुनावै हाप्नुभएपछि पोखरेललाई सहज जीत निकाल्ने अवस्था रहेको एमाले नेताहरु बताउँछन । पोखरेलको जीत निश्चित रहेको भन्दै महराले प्रत्यक्षतर्फ चुनाव नलडी समानुपातिकमा बस्ने निर्णय लिनुभएको थियो । महराले हापेसँगै पोखरेल जित्ने निश्कर्षसहित तटस्थ मतदातासमेत पोखरेलको पक्षमा उभिएका छन ।

 

एमाले उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । बौद्धिक र सालिन नेता ज्ञवालीसँग गठबन्धनका डा. चन्द्र भण्डारी प्रतिस्पर्धी हुनुहुन्छ । सो क्षेत्रमा ज्ञवालीले आफ्नो अवस्था सुदृढ गराउँदै लैजानुभएको छ । सो क्षेत्रमा कडा प्रतिस्पर्धाबीच ज्ञवाली निर्वाचित हुने गुल्मीमै रहनुभएका प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले  बताउनु भयो । ‘कडा प्रतिस्पर्धा भए पनि प्रदीप ज्ञवाली निर्वाचित हुने परिदृष्यहरु देखिसकेको छ, अझै मेहनत बढाउँदा थप फराकिलो अन्तरमा नतिजा ल्याउन सकिन्छ,’ अर्यालको भनाई छ ।

 

यस्तै अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ आफ्नो गृहजिल्ला लम्जुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । लमजुङमा गठबन्धनले मनाङ निवासी देव गुरुङलाई उम्मेदवार बनाएको छ । अघिल्लो पटक पृथ्वीसुब्बाकै जोडबलमा जित्नुभएका देवले पाँच बर्ष लमजुङका लागि नभई मनाङतिरै ध्यान दिनुभएकोले यसपटक मतदाता भडकिएका छन । अन्य जिल्लाको मान्छेलाई जिताउँदा दुःख मात्रै पाइनेरैछ भन्दै मतदाता आफ्नै जिल्लाका प्रिय नेता पृथ्वीसुब्बातिर आकर्षित देखिएका छन ।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा बौद्धिक नेता पृथ्वीसुब्बा लमजुङवासीबीच निकै लोकप्रिय नेता भएको कारण पनि बिजय सुनिश्चित रहेको स्थानीय नेताहरुले जनताटाइम्स डटकमसँग बताए । ‘चुनाव हो प्रतिस्पर्धा हुन्छ तर अघिल्लो पटक जितेपछि देव गुरुङले लमजुङको लागि सिन्कोसमेत भाँच्ने काम गरेनन, अव फेरि बाहिरी जिल्लाका मान्छेलाई लमजुङवासीले किन मतदान गर्ने ? अव आफ्नै जिल्लावासी नेता छानिन्छ,’ बेसीशहर निवासी कुमार केसीले भने । उनी आफू एमाले कार्यकर्ता नरहे पनि अव जिल्लावासी नेताको बिकल्प बाहिर जिल्लाका मान्छे हुनै नसक्ने भन्दै सवैले पृथ्वीसुब्बालाई नै चाहेको निश्कर्ष जनताटाइम्सलाई सुनाए ।

 

यस्तै एमाले सचिव टोपबहादुर रायमाझी आफ्नो जिल्ला अघाँखाँचीमा निर्बिकल्प देखिनुभएको छ । जिल्लाको हरेक काममा नेतृत्व गर्नुभएको कारण रायमाझीतर्फ नै मतदाताको झुकाव रहेको छ । ‘अरु दलले प्रतिस्पर्धा भन्ने हो, टोपबहादुर रायमाझी र एमालेसँग प्रतिस्पर्धा नै छैन, मतदाता एमालेकै पक्षमा प्रष्ट देखिएका छन,’ अघाँखाँची नै भूगोल भएका प्रेस चौतारीका लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थी भन्नुहुन्छ । पन्थीले  बताएअनुसार रायमाझीसँग गठबन्धनको उम्मेदवारको कुनै प्रतिस्पर्धा देखिएको छैन ।

 

यस्तै अर्का सचिव लेखराज भट्ट पनि आफ्नो क्षेत्र कैलाली ४ मा प्रतिस्पर्धी भन्दा निकै अगाडि देखिनुभएको छ । भट्टको अन्य दलका उम्मेदवारसँग कुनै प्रतिस्पर्धा नरहेको सो क्षेत्रका एमाले नेताहरु बताउँछन । भट्ट जिताउने अभियानमा गठबन्धनकै कतिपय नेता नै लागेको कारण उहाँको अवस्था सोचेभन्दा निकै राम्रो हुने एमाले कार्यकर्ताको बुझाइ छ ।

 

एमाले सचिव गोकर्ण बिष्ट गुल्मी २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । गुल्मीका लागि कुनै काम नगरेको र आफू उम्मेदवार हुनुअघिसम्म मतदाता नामावली नै नरहेकी नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री गठबन्धनबाट उम्मेदवार बनेपछि बिष्टलाई निकै सहज बनेको छ । मन्त्री बनेपछि ‘चर्काे कुरा गर्ने, काम गर्दै नगर्ने नेतृ’को रुपमा झाँक्रीको पहिचान बनेको र बिष्ट काममा अब्बल नेता कहलिएको कारण पनि गुल्मी २ का मतदाता गोकर्णको बिकल्प छैन भन्न थालेको प्रचारमा सहभागी कार्यकर्ता बताउँछन ।

 

एमालेका अर्का सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ । आफ्नो गृहजिल्लामा भट्टराईलाई गठबन्धनले चुनौती दिए पनि अवस्था निकै सुदृढ बनेको छ । बिगतमा जस्तो पार्टीभित्र आन्तरिक मतभेदसमेत नरहेपछि भट्टराईको जीत निश्चित रहेको र मतदाता उहाँलाई नै जिताउन आतुर रहेको पत्रकार राजेन्द्र श्रेष्ठको भनाई छ ।

 

‘जस्ले जति कोशिष गरे पनि योगेश भट्टराईको जीत निश्चित छ, अहिलेसम्म ताप्लेजुङवासीले योगेश जिताउने अठोट गरिसकेको तथ्य आइसकेको छ, कुराकानीमा पत्रकार श्रेष्ठले भन्नुभयो ।

एमालेका अर्का सचिव छविलाल बिश्वकर्मा रुपन्देही १ बाट उम्मेदवार हुनुहुन्छ । उहाँसँग पार्टीबाट टिकट नपाएपछि पार्टी छाडनु भएका घनश्याम भुसाल गठबन्धनको सहयोगमा उम्मेदवार हुनुभएको छ । एक थान सांसदका लागि पार्टी नै त्याग्नुभएका भुसालको सो कामले मतदातामाझ अत्यन्तै नकारात्मक असर परेको देखिन्छ ।

 

मुख्य प्रतिस्पर्धी भुसाल नै हुनु र मतदातामा ‘त्यागी, इमान्दार र बौद्धिक नेता’ भनेको त पदका लागि जे पनि गर्ने नैतिकहीन नेता पो रहेछ भन्ने छाप परेको देखिन्छ । सोही कारण मतदानको दिनसम्म भुसालले यो छाप मेटाउन सक्ने संभावना छैन । त्यसमाथि मंसिर ४ मा माओवादीले बाकस भरेर ल्याउँछ भन्दै प्रचण्ड र प्रचण्डपथको गुनगान गाएपछि कांग्रेसका कार्यकर्ता पनि चिढिएका छन । जस्ले छबिलाल बिश्वकर्मालाई सहज जीत निकाल्न सघाउने अनुमान गरिएको छ ।

 

यस्तै एमालेका अर्का सचिव रघुबीर महासेठ धनुषा ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । कांग्रेसका बिमलेन्द्र निधीले समानुपातिकमा रहेर हापेको क्षेत्र भएकोले सो क्षेत्रमा महासेठ निकै बलिया उम्मेदवारका रुपमा हुनुहुन्छ । महासेठकै कारण निधि नउठेको मतदाताको बुझाइले चुनावको दिनसम्म अवस्था भनै सुदृढ हुने देखिएको छ ।

 

यस्तै अर्का सचिव पद्माकुमारी अर्याल स्यांजा २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । केपी ओली नेतृत्वको सरकार हुँदा भूमि ब्यवस्था मन्त्रीका रुपमा लिपुलेक–लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा बनाउने कामको नेतृत्व गर्नुभएकी अर्याललाई राष्ट्रिय राजनीतिमा अझै माथिल्लो भूमिका दिन सो क्षेत्रका मतदाताले चाहेको देखिएको छ । अर्यालप्रति मतदाता आकर्षित रहेकै कारण गठबन्धनले हुँदै नभएको आरोप लगाएरु चरित्र हत्या गर्न थालेका छन । गठबन्धनले अर्यालको चरित्र हत्या गरिरहँदा मतदाता भने पद्मा नै ठिक भन्दै उहाँलाई जिताउने पक्षमा रहेको पाइएको छ । चुच्चे नक्सा जारी गर्न नेतृत्व गरेकै कारण पद्माबिरुद्ध आरोप लगाइएको तथ्य सो क्षेत्रका मतदाताले बुझेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फ एमाले र कांग्रेसबीचको मतान्तर १,२८,३८६

  यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र

थापाथलीमाको सुकुम्वासी बस्ती हटाउन पछि नहट्ने महानगर

  काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) थापाथलीको सुकुम्वासी बस्तीलाई कुनै पनि हालतमा

आवासविहीन सुकुमबासीको राजनीति नगरौँ – बाबुराम भट्टराई

  ‘आवासविहीन सुकुमबासीको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौँ ।  पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले

समानुपातिकमा नेकपा एमाले अगाडि

  मंसिर ४ मा सम्पन्न आम निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले निरन्तर अग्रता कायम