चिनेका कसैले भोट नदिने भएपछि हरेक पटक जिल्ला फेर्छन प्रचण्ड



 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड किन निर्वाचन क्षेत्र र जिल्ला फेर्दै हिडनु हुन्छ त ? यस बिषयमा प्रचण्डकै सचिवालयमा कार्यरत एक पूर्वसदस्यलाई  प्रश्न गर्दा चिनेका कसैले दोहोर्याएर भोट नदिने भएको कारण प्रचण्ड दोहोर्याएर चुनावमा नउठने गरेको तथ्य खोले ।

‘प्रचण्ड कमरेड कहिल्यै दोहोर्याएर बेवकुफ बनाउन सकिन्न भन्ने निश्कर्षमा रहनुभएको छ । चुनाव उठदा जे जे भनेर भए पनि एकपटक जनतालाई बेवकुफ बनाउन सक्छु तर दोहोरिएर जाँदा आफै फेला परिन्छ भन्ने आफ्नो कुरा सचिवालयका टीममा पटक पटक भन्नुहुन्थ्यो । यही कारण हो प्रचण्ड चितवन छाडेर गोर्खातिर लाग्नुको कारण ती सदस्यले भने । उनका अनुसार प्रचण्ड गोर्खामा पनि अर्काे पटक चुनाव लडनु हुन्न । अर्काे जिल्ला जानुहुन्छ ।

जनतालाई ठग्न निकै माहिर देखिनुभएको छ । हरेक निर्वाचनमा जिल्ला फेर्दै हिडेर प्रचण्डले आफूलाई जनताको काम गर्दै नगर्ने, चुनावैपिच्छे निर्वाचन क्षेत्र फेरेर भगौडा नेताका रुपमा बदनामी कमाउनु भएको हो । २०६२/६३ को जनआन्दोलनपछि भएको संबिधानसभा नर्वाचनमा प्रचण्ड रोल्पाबाट चुनाव लडनु भयो । चुनाव जितेपछि रोल्पामा सो कार्यकालभर पाइला पनि टेक्नु भएन । रोल्पाली जनताले भोट दिए तर प्रचण्डले रोल्पाका लागि केही गर्नुभएन ।

संबिधानसभा बिघटन भएपछि भएको संबिधानसभाको दोस्रो चुनावमा उहाँले रोल्पा छाडनु भयो । दोस्रो निर्वाचनमा प्रचण्ड काठमाडौं १० र सिरहाबाट उम्मेदवार बन्नुभयो । कीर्तिपुरको खुव प्रसंशा गर्दै एक बर्षमै मुहार फेर्ने आश्वासन दिनुभएका प्रचण्डले सो निर्वाचनमा पराजीत हुनुपर्यो तर सिरहाबाट एमालेका उम्मेदवार लीला श्रेष्ठले जितेको भएपनि धाँधली गरेर मतगणनामा जिताइयो ।

मधेससँग लभ परेको बताउनु भएका प्रचण्डले आफू जितेको निर्वाचन क्षेत्रमा सिन्कोसमेत भाँच्नु भएन । जातीय द्वन्द्ध गराउने अभियानमै सो कार्यकाल बित्यो । उहाँको संबिधान निर्माणमा पनि रचनात्मक भूमिका रहेन । अन्ततः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बिशेष पहलमा संबिधान जारी भयो । संबिधान जारी भएको बिरोधमा भारतले नाकावन्दी लगाउँदा प्रचण्ड चुँसम्म नबोली बस्नुभयो । आफ्नो निर्वाचन क्षेत्रमा सिन्कोसमेत नभाँचेपछि २०७४ सालमा निर्वाचनमा एमालेसँग तालमेल गरेर चितवन २ मा उम्मेदवार बनेर जित्नुभयो ।

चितनवमा आफन्तलाई ठेक्का र छोरीलाई मेयर बनाउने बाहेक प्रचण्डको खासै भूमिका देखिएन । चितवनका हरेक ठेक्का पट्टामा प्रचण्ड परिवारको हात रह्यो । चितवनमा पनि प्रचण्डले खासै काम गर्नुभएन । सोही कारण उहाँ अहिले चितवन छाडेर गोर्खा २ मा उम्मेदवारी दिनुभएको छ ।

चितवनका जनतालाई ढाँटनुभएका प्रचण्डले अव गोर्खातिर लाग्नुभएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका छोरी मानुसीलाई काठमाडौंमा टिकट दिएर बाबुरामकै निर्वाचन क्षेत्रमा उहाँ उम्मेदवार बनेर जानुभएको हो । गोरखा २ मा चर्चित युवा नेता अब्दुस मियाँलाई एमालेले उम्मेद्वार बनाएको छ । मियाँले गोर्खाको बिकास र योजनाबारे खुला बहशका लागि चुनौती दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
गाउँ-गाउँमा नवनिर्वाचित सांसद : मतदातालाई धन्यवाद दिँदै खुसी साट्दै

    प्युठानमा नवनिर्वाचित जनप्रतिनिधिहरु मतदातालाई धन्यवाद दिन घरदैलोमा पुग्न थालेका छन्। यही

चुनाव हारेका देउवाका मन्त्रीहरु अझै सिंहदरवारतिर घाम ताप्दै

    सरकारमा रहेका ६ मन्त्री प्रतिनिधिसभामा पराजित भएका छन् तर राजीनामा दिएका

समानुपातितर्फ एमालेले २५ लाख मत कटायो, माओवादी चौथो नम्बरमा (सूचीसहित)

    प्रत्यक्षतर्फको मतगणना करिब सकिन लाग्दा समानुपातितर्फको गणना जारी छ । आइतबार

दोलखाका १० मतदान केन्द्रमा १५ गते पुन: निर्वाचन गर्ने निर्णय

  दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदानको मिति तोकिएको छ ।