पश्चिम नवलपरासीबाट विनोद चौधरीले पाए टिकट



 

नेपाली कांग्रेसले पश्चिम नवलपरासीमा अर्बपति व्यापारी विनोद चौधरीलाई प्रतिनिधिसभाको टिकट दिएको छ । उनको नाम सिफारिस भएसँगै कांग्रेसका स्थानीय नेताहरुबीच विवाद सुरु भएको थियो ।

नवलपरासी पूर्वमा उनको सक्रियता देखिए पनि चुनावको मुखमा उनलाई क्षेत्र सारिएको भन्दै यताका आकांक्षीहरुले विरोध जनाएका थिए । यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका हुन् ।

२०६४ को संविधानसभा चुनावमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । कांग्रेस नेताहरुले लामो समय भूगोलमा काम गरेका नेताहरुलाई बाहिर पारेर आर्थिक प्रलोभनमा नेता चौधरीलाई ल्याएको भन्दै विरोध गरेका थिए ।

कांग्रेसबाट लामो समय यो क्षेत्रमा राजनीति गरेका नेताहरु विक्रम खनाल तथा देवकरण जैसवाल आकांक्षी थिए । उनीहरु यसअघि सो क्षेत्रबाट निर्वाचित पनि भएकाले उनीहरुले नै अवसर पाउनुपर्ने उनका समर्थकहरुले बोल्दै आएका छन् । यो क्षेत्रमा नेकपा एमालेको समर्थनमा यसअघि पनि चुनाव जितेका जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीको प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
गाउँ-गाउँमा नवनिर्वाचित सांसद : मतदातालाई धन्यवाद दिँदै खुसी साट्दै

    प्युठानमा नवनिर्वाचित जनप्रतिनिधिहरु मतदातालाई धन्यवाद दिन घरदैलोमा पुग्न थालेका छन्। यही

चुनाव हारेका देउवाका मन्त्रीहरु अझै सिंहदरवारतिर घाम ताप्दै

    सरकारमा रहेका ६ मन्त्री प्रतिनिधिसभामा पराजित भएका छन् तर राजीनामा दिएका

समानुपातितर्फ एमालेले २५ लाख मत कटायो, माओवादी चौथो नम्बरमा (सूचीसहित)

    प्रत्यक्षतर्फको मतगणना करिब सकिन लाग्दा समानुपातितर्फको गणना जारी छ । आइतबार

दोलखाका १० मतदान केन्द्रमा १५ गते पुन: निर्वाचन गर्ने निर्णय

  दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदानको मिति तोकिएको छ ।