गगनविरुद्ध उषाकिरणलाई भिडाउने एमालेको तयारी



 

 

आगामी संसदीय निर्वाचनपश्चात आफू प्रधानमन्त्री बन्ने घोषणा गरेका काङ्ग्रेस महामन्त्री गगन थापाको चुनावी मैदानमै चुनौती थपिने सम्भावना बढेको छ । काङ्ग्रेसभित्र अत्यन्त महत्वकाङ्क्षी व्यक्तिका रूपमा चिनिएका थापाले चुनावको मिति घोषणा हुनुअगावै चुनावपछि प्रधानमन्त्री बन्ने महत्वकाङ्क्षा सार्वजनिक गरेका थिए । थापाले यस्तो घोषणा गरेलगत्तै टीभी कार्यक्रमका एङ्करदेखि ‘आउटडेटेड’ भइसकेका केही पुराना नेतासम्मले आफूलाई भविष्यको प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्न थालेका छन् । चर्को र नकारात्मक भाषणबाजीमा माहिर मानिएका थापालाई मैदानमै परास्त गर्ने भन्दै बहुचर्चित अर्जुन प्रसाईंलगायत केहीले काठमाडौं क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गत निर्वाचन (२०७४) मा नेकपा एमालेका राजन भट्टराईसँगको प्रतिष्पर्धामा थापा विजयी बनेका थिए । मतदानको केही दिनअघि कपन क्षेत्रमा भएको एक बम विस्फोटको रहश्यमयी घटनापश्चात चुनावी परिणाम थापाको पक्षमा जाने स्थिति बनेको थियो ।

सुशासन र भ्रष्टाचार नियन्त्रणको चर्को नारा दिने थापाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गर्दा घुससम्बन्धी आरोप लागेपछि उनको छवि खस्किएको थियो भने गत वर्ष संसद्बाट एमसीसी अनुमोदन गराउन निर्वाह गरेको भूमिकाले उनलाई थप विवादमा तानेको छ । कुनै समय आम मानिसको समेत मन जित्न सफल गगन थापा पछिल्लो समयमा काङ्ग्रेसभित्र पनि एउटा पक्षको मात्र साथ-समर्थनमा चित्त बुझाउन बाध्य छन् ।

‘एमसीसी’ अनुमोदनका क्रममा सर्वाधिक आक्रामक रूपमा प्रकट भएका थापालाई आगामी निर्वाचनमा जसरी भए पनि पराजित गराउनुपर्ने मनोविज्ञान राजधानीमा बनेको छ । दलहरूबीच स्वतन्त्र प्रतिष्पर्धा भएमा विजयी बन्न गगन थापालाई मुस्किल पर्न सक्थ्यो, त्यसैले ‘लाइनअनुसार’ माओवादीलगायतसँग गठबन्धन बनाउन उनी खटिएका छन् र, गठबन्धनको उम्मेदवार बनेको अवस्थामा विजय हात पार्न सकिने विश्वासमा गगन रहेका छन् ।

तर काङ्ग्रेसको या गठबन्धनको, जसको उम्मेदवार बने पनि काठमाडौं क्षेत्र नं. ४ बाट विजयी बन्न गगनलाई निकै मेहनत गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पुराना नेताहरूलाई परास्त गर्नुपर्छ भन्ने सन्देश प्रवाह भइरहँदा त्यसको हावाले गगनलाई समेत गम्भीर असर पर्ने देखिएको छ । कदाचित नेकपा एमालेले राजन भट्टराईलाई अन्यत्रै व्यवस्थापन गर्ने र काठमाडौं ४ मा कुनै नयाँ अनुहारलाई प्रस्तुत गऱ्यो भने त्यसले गगनलाई थप रक्षात्मक बनाउन सक्ने देखिन्छ । एमालेभित्र गगनसँग भिड्ने अनुहारको खोजि हुँदै गर्दा उषाकिरण भण्डारीमा धेरैको आँखा अडिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीकी सुपुत्री उषाकिरण स्नातकोत्तर हुन् र, पार्टीकामका साथै शैक्षिक व्यवसायमा पनि उनको सक्रिय संलग्नता छ । सानो उमेरमा पिता (मदन भण्डारी) गुमाएकी उषाकिरण भण्डारी शक्तिशाली राजनीतिक परिवारकी सदस्य भएर पनि कहिल्यै कुनै प्रकारले विवादमा तानिएकी छैनन्, उनको छवि स्वच्छ र निर्मल मानिन्छ । उषालाई गगनसँगको प्रतिष्पर्धामा उतार्दा उनले गगनलाई सजिलै परास्त गर्न सक्ने विश्वास गरिएको छ । त्यसैले एमाले नेतृत्वमाथि उषालाई काठमाडौं ४ नम्बर क्षेत्रबाट उम्मेदवार बनाउन दबाब पर्न थालेको छ ।

प्राप्त जानकारीअनुसार उषा आफैंले उम्मेद्वार बन्ने चाहना प्रकट गरेकी छैनन्, तर पार्टीले निर्णय गऱ्यो भने त्यसैलाई अस्वीकार गर्ने स्थितिमा पनि उनी नभएको बताइन्छ । त्यसैले कुनै अप्रत्याशित घटना भएन भने काठमाडौंको ४ नम्बर निर्वाचन क्षेत्रमा उषाकिरण र गगनबीच महाटक्करको स्थिति बन्ने प्रबल सम्भावना छ ।

 

प्रतिक्रिया दिनुहोस
शेखर-गगन समूहको छुट्टै चियापान कार्यक्रम (तस्बिरहरू)

    सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको शेखर कोइराला समूहले छुट्टै चियापान कार्यक्रमको

आम निर्वाचनमा देशभर १० हजार ८९१ मतदानस्थल

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

    अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) हालसम्मकै कमजोर बनेको छ । अमेरिकी

राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

    विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र भोलि बुधवार राप्रपा प्रवेश