मन्त्री यादवद्धारा विद्युतलाईन भूमिगत (अन्डरग्राउण्ड) गर्न अनुमति प्रदान



 

 

 

 

वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बाराको पिलुवासम्मको ३३ केभि विद्युत प्रसारण लाईन भूमिगत (अन्डरग्राउण्ड) गर्न अनुमति दिनु भएको छ । मन्त्री यादवले नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधिन १३२ केभि विद्युत प्रसारण लाईन अन्र्तगत ३३ केभि क्षमताको भूमिगत विद्युत प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिनु भएको हो । अनुमति नपाएर उक्त काम विगत तीन दशकभन्दा पनि बढी समयदेखि अगाडि बढ्न सकेको थिएन ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवादेखि पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभि क्षमताको विद्युत प्रसारण लाइन भूमिगत भएसँगै सबै समस्याहरु समाधान हुने बताईएको छ । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित उद्योगहरु एवम् घरायसी प्रयोजनका लागि प्रसारण हुने लाईनमा पटक पटक ट्रिपिङ् हुने, विद्युत लाईन अवरुद्ध हुने, विद्युतको गुणस्तर न्यून हुने जस्ता समस्या भएपछि मन्त्री यादवले उक्त क्षेत्रमा विद्युत प्रसारण लाईन भूमिगत (अन्डरग्राउण्ड) गर्न अनुमति दिनुभएको थियो ।

विद्युत प्रसारणमा पटक पटक समस्या भएपछि त्यहाँँका उद्योग तथा नागरिकहरु वर्षौदेखि आजित बन्दै आएपछि मन्त्री यादवले नागरिकको सहजताका लागि विद्युत प्रसारणलाईन भूमिगत (अन्डरग्राउण्ड) गर्न अनुमति दिनु भएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री यादवले विद्युत प्रसारण लाईन भूमिगत (अन्डरग्राउण्ड) गर्न अनुमति दिनुभएपछि वीरगञ्ज उद्योग वाणिज्य संघले मन्त्री यादवप्रति आभार व्यक्त गरेको छ ।

संघले मन्त्रालयमा आज पत्र पठाएर मन्त्री यादवलाई धन्यवाद समेत दिएको उहाँका स्वकीय सचिव निखिल वरनवालले जानकारी दिनुभयो । विद्युत प्रसारण लाईनका विषयमा पटक पटक सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदा पनि सम्बोधन हुन नसकेको मागलाई मन्त्री यादवले पूरा गरेको भन्दै उहाँप्रति आभार व्यक्त गरिएको संघका अध्यक्ष डा.सुवोधकुमार गुप्ताद्धारा हस्ताक्षरित उक्त पत्रमा उल्लेख गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवादेखि पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभि क्षमताको विद्युत प्रसारण लाइन भूमिगत भएसँगै सबै समस्याहरु समाधान हुने अध्यक्ष डा. गुप्ताको विश्वास रहेको छ । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
शेखर-गगन समूहको छुट्टै चियापान कार्यक्रम (तस्बिरहरू)

    सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको शेखर कोइराला समूहले छुट्टै चियापान कार्यक्रमको

आम निर्वाचनमा देशभर १० हजार ८९१ मतदानस्थल

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

    अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) हालसम्मकै कमजोर बनेको छ । अमेरिकी

राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

    विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र भोलि बुधवार राप्रपा प्रवेश