सत्ता लम्ब्याउन सरकारले निर्वाचन टार्दैछ : सूर्य थापा



 

 

नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले साइनबोर्ड कम्युनिष्ट पार्टीको झुण्ड्याएर केही राजनीतिक दल नेपाली कांग्रेसको पछिपछि हिँडेको टिप्पणी गरेका छन् । साइनबोर्ड कम्युनिष्टको छ, गठबन्धन कांग्रेससँग छ, अनि एमालेलाई जसरी पनि हराउन गठबन्धन भनेका छन्, एमालेको सरकार ढाल्न गठबन्धन बनाएका हुन् दुनियाँका सामु छर्लङ्ग छ, अनि को कम्युनिष्ट हो भन्ने हामीले भनिरहनु पर्दैन’, थापाले भने ।

लुम्बिनी प्रेस क्लब सिद्दार्थनगर रुपन्देहीले वुधबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले स्वार्थको रोटी सेक्नको लागि मात्र गठबन्धन भएको र सबै पार्टी मिलेर एमालेलाई घेराबन्दी गर्ने काम भएको बताए । एमाले गठबन्धन गर्नुहुँदैन भन्ने मान्यता राख्ने पार्टी भएको नेता थापाको भनाइ थियो । उनले भने, ‘देशलाई गठबन्धनको चक्रबाट मुक्त गर्नुपर्छ ।’ निर्वाचनअघि प्रदेश खारेजी गर्ने एजेण्डा एमालेले नबोक्ने उनले स्पष्ट पारे । जनताले अस्थिरता नरुचाउने भएकाले एमालेलाई जनताले बहुमत दिन्छन् भन्ने विश्वास रहेको उनको भनाइ थियो ।

निर्वाचनको मिति तोक्न निकै बहानाबाजी भइरहेको बताएका छन् । उनले यो खालको बहानाबाजी गर्नु आवश्यक नरहेको बताए । निर्वाचनको मिति जनतालाई सहज हुने हिसाबले तोक्नुपर्ने उनले जोड दिए । देशलाई निर्वाचनको प्रक्रियामा अघि बढाउनुपर्ने बताए । उनले भने, ‘यो आवधिक निर्वाचन हो, संविधानले पाँच वर्षमा आवधिक निर्वाचनको व्यवस्था गरेको छ, किन्तु परन्तु, इफ, बट भन्न पाइँदैन ।’

संसदलाई निरन्तर गर्ने कि नगर्ने भन्ने सन्दर्भमा धेरै ठूलो बहसमा जानु आवश्यक नरहेको उनको भनाइ थियो । उनले भने, ‘निर्वाचन गर्दा संविधानसभालाई जहिलेसम्म कायम गर्‍यौं, त्यही नजिर बोकेर जाँदा भइहाल्छ, त्यसैले केही बहानाबाजी गर्नु आवश्यक छैन ।’

निर्वाचनजस्तो चिज सत्ताधारी, गठबन्धन र प्रमुख प्रतिपक्षी दलको मात्र नभइ यो जनता र मतदाताको विषय भएको उनको भनाइ थियो । बिनाविवाद मुलुकलाई निर्वाचनको तयारीमा लैजानुपर्नेमा उनले जोड दिए । नेता थापाले भने, ‘अहिले सकेसम्म सत्ता लम्ब्याउने, मंसिरमा निर्वाचन हुँदा के हो, के हो भन्ने हालत भएपछि फागुनसम्म गरिहाल्न सकिन्छ कि भन्ने ढंगले भित्री चलखेल भइरहेका छन्, ती प्रकट भइसकेका छैनन् ।’ मंसिरबाट सार्ने भनेपछि नेपालको भौगोलिक अवस्थाले हिमाली भेगमा फागुन १५ भन्दा अगाडि निर्वाचन हुन नसक्ने उनको भनाइ थियो । त्यो भनेको निर्वाचन सार्ने, अलि पर धकेल्ने र अन्ततः वैशाखमा पुर्‍या उने चलखल हुनसक्ने नेता थापाले बताए ।

मंसिरमा निर्वाचन गनुपर्ने पाँच वर्षको आवधिक निर्वाचनको बाध्यात्मक अवस्था भएकाले यसलाई कार्यान्वयन गर्ने क्रममा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

निर्वाचनको मुखमा नागरिकता विधेयक पारित गरेर मतदाता झुक्काउन खोजेको उनले बताए । उनले भने, ‘नागरिकता विधेयक ठीक हो बेठीक, यो प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेपछि म त्यसको बहसमा जान्न र यो यसको प्रक्रियाका सन्दर्भमा समितिले ३ वर्ष लामो छलफल गरेर टुंग्याएको विषयलाई वेवास्ता तथा उपेक्षा गरेर केही भएको छैन जस्तो गरी त्यसलाई फिर्ता तथा नयाँ विधेयक दर्ता गरी पारित गरिएको छ ।’ हिजो आफैले हलो अड्काएको विषयलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल्ली भ्रमणबाट आइपछि सौदाबाजी गरेको उनले आरोप लगाए ।

‘जन्मसिद्ध नागरिकका सन्तानलाई वशंज नागरिकता दिनुपर्छ भन्ने हाम्रो कुनै विवाद छैन्, उनले भने, ‘नेपालका नागरिकले नागरिकता पाउनुपर्छ, गैरनागरिकले नागरिकता पाउनुहुँदैन ।’ उनले नागरिकतालाई राजनीतिको विषय बनाउन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
नागरिकता विधेयक बिरुद्ध नेमकिपा सडकमा

    नागरिकता विधेयक देशघाती भएकाले खारेज गर्नुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टीलेले

नागरिकता विधेयक जस्ताको तस्तै पारित नर्गन प्रदीप ज्ञवालीको चेतावनी

    नेकपा एमालेले राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयक टाउका गनेर पारित गरिएको

जसपाका बरिष्ठ नेता राईसहित डेढ सय एमालेमा प्रवेश (सूचीसहित)

    जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य हेमराज राई र

महान जनयुद्ध भनेर १७ हजार मान्छे मारेको ओलीको आरोप

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धमा मारिएका सहिदको सट्टा