एमालेसँग कार्यगत एकताको कुराले माधव–झलनाथबीच लफडा



 

 

सत्ताका लागि जीवनभरको आदर्शबाट च्यूत भई नेकपा एकीकृत समाजवादी गठन गर्नुभएका माधवकुमार नेपाल र भलनाथ खनाल एक बर्ष नपुग्दै ठीक बिपरित ध्रुवमा उभिन पुग्नुभएको छ । नेपाली कांग्रेसको बहुमत पुर्याउने अभियानमा अध्यक्ष नेपाल लागेसँगै सम्मानित नेता खनालले काउन्टर दिएपछि दुई नेताबीचको बिवाद सतहमा आएको हो ।

नेकपा एकीकृत समाजवादीका एक नेताका अनुसार एमालेसँग कार्यगत एकता वा चुनावी मोर्चा बनाउन एकीकृत समाजवादीका अध्यक्ष नेपाल अनिच्छुक देखिए पनि सम्मानित नेता खनाल भने एमालसँगै सहकार्यलाई अनिवार्य आवश्यकता ठान्नुहुन्छ । संघीय संसदको निर्वाचनमा पाँचदलीय गठबन्धनका नेतृत्वकर्ता नेपाली कांग्रेसबाट ‘असुरक्षित’ महसुस भएको ठानी अध्यक्ष नेपाल माओवादी केन्द्रतिर र खनाल भने पूर्व पार्टी नेकपा एमालेप्रति सकारात्मक देखिनुभएको हो । खनाल पक्षले माधवको गुरु प्रचण्ड नै रहेकोले त्यो भन्दा दाँयाबाँया गर्न नसक्ने अवस्थामा माधव रहेको निश्कर्ष निकालेको छ ।

पछिल्लो समयमा वामपन्थी दलबीच सकेसम्म एकता, नभए चुनावी गठबन्धन गर्नुपर्ने विषयमा जोड गरिरहेका खनाल गत स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारप्रति लचक मात्रै हुनुभएन, मत नै दिन कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।  ‘झलनाथ कमरेडले इलामका अगुवा कार्यकर्तालाई मुखै फोरेर एमालेका राम्रा उम्मेदवारलाई मत दिन निर्देशन दिनु भएको थियो,’ इलामका तुल्सी बस्नेतले भन्नुभयोे, ‘जसअनुसार नेकपा एस कमजोर रहेको स्थानमा गठबन्धनका उम्मेदवारलाई मत नहाली एमालेका उम्मेदवारलाई मत हालिएको थियो ।’

त्यसो त खनालले पछिल्लो समय कांग्रेसलाई बहुमत दिलाउन निरन्तर गठबन्धन गरेर जाने हो भने ‘वामपन्थी आन्दोलन धराप’ मा पर्ने अडान राख्दै आउनु भएको छ । नुवाकोट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै खनालले ‘कांग्रेसलाई पहिलो पार्टी बनाउन किन गठबन्धन गर्नुपर्ने हो ?’ भन्दै प्रश्न मात्रै गर्नुभएन, ‘वामपन्थीहरू कांग्रेसको पुच्छर बन्न किन जाने ?’ भन्ने अर्को प्रश्न पनि तेस्र्याउनु भयो । कार्यक्रममा खनालले वामपन्थी दलहरूबीच एकता नभए चुनावी गठबन्धन गर्न संसदको सबैभन्दा ठूलो दल एमालेले पहलकदमी लिनुपर्नेसमेत बताउनु भएको छ । ‘संसदको ठूलो दलका नाताले वामपन्थीहरूबीच एकता, नभए चुनावी मोर्चा बनाउन एमालेले पहलकदमी लिनुपर्छ,’ खनालले भन्नुभयो ।

स्रोतका अनुसार प्रतिनिधिसभा बैठकमा भेट हुँदा होस वा टेलिफोन वार्तामार्फत खनाल र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्लो समयमा सघन वार्ता भइरहेको छ । पूर्वएमालेहरूलाई एकै ठाउँमा ल्याउनुपर्नेमा ओली–खनाल सकारात्मक देखिए पनि माधव नेपाल भने आफ्नो कुर्सी के हुन्छ भन्दै कुदन थाल्नुभएको छ । अध्यक्ष नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर समाजवादी केन्द्र निर्माण गर्नेतर्फ इच्छुक देखिनुभएको छ । प्रचण्ड र आफू दुवै अध्यक्ष हुने गरी पार्टी एकतासमेत गर्न माधव सकारात्मक देखिएको समेत सो पार्टीका केही नेताले बताएका छन ।

गत शनिबार जनकपुर विमानस्थलमा प्रचण्डले माधव नेपाललगायतसँग समाजवादी केन्द्र निर्माण गर्नेतर्फ गम्भीर कुराकानी भइरहेको र सो विषय चाँडै निचोडमा पुग्ने बताउनु भएको छ । पूर्व पार्टी एमालेसँग मिल्नुभन्दा पनि प्रचण्डसँग नेपालको हिमचिम बढेर नै होला, खनालले सार्वजनिक रूपमा भन्दै आएका छन, ‘वामपन्थी एकता अनिवार्य छ तर शीर्ष नेताहरू नै त्यसप्रति इच्छुक छैनन, जसले समस्या देखा परिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस
शेखर-गगन समूहको छुट्टै चियापान कार्यक्रम (तस्बिरहरू)

    सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको शेखर कोइराला समूहले छुट्टै चियापान कार्यक्रमको

आम निर्वाचनमा देशभर १० हजार ८९१ मतदानस्थल

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

    अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) हालसम्मकै कमजोर बनेको छ । अमेरिकी

राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

    विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र भोलि बुधवार राप्रपा प्रवेश