व्यापारघाटा १७ खर्ब नाघ्यो, विदेशी मुद्रा सञ्चितिको दबाबमा देश



 

 

आर्थिक वर्ष २०७८/७९ को वस्तु तथा सेवा आयातमा १९ खर्ब रूपैयाँ नेपालबाट बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो एक वर्षमा २ खर्ब मात्र भित्रिएको छ । नेपालले गत आर्थिक वर्ष १६ खर्बको बजेट ल्याएको थियो । पछि मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर १५ खर्बमा झारेको थियो । यसै वर्ष बजेटको आकारभन्दा ठूलो आकारमा आयात भएको छ । अघिल्लो वर्ष नेपालले १५ खर्ब ३९ अर्ब रूपैयाँको आयात गर्‍यो । गत वर्षको तुलनामा यस वर्ष आयात २४ .७२ प्रतिशतले बढेको छ ।

नेपालको आर्थिक इतिहासमा आयात निर्यात दुवैमा यो रेकर्ड हो । यद्यपि आयातको तुलनामा निर्यात भने अत्यन्तै न्यून रहेको छ । यो सँगै मुलुकको व्यापारघाटा १७ खर्ब रुपैयाँ नाघेको छ । नेपालको व्यापार साझेदारका रूपमा १७१ देश छन् । २६ देशबाहेक सबै देशसँग घाटाको व्यापार गरेको छ । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार भारत र चीनसँग हुने गरेको छ । भारतसँग मात्र १० खर्ब ४४ अर्ब रुपैयाँको व्यापार घाटा छ । गत वर्ष नेपालले भारतबाट मा १२ खर्ब रूपैयाँभन्दा बढीको आयात गरेको छ । नेपालले भारतमा १ खर्ब ५५ अर्बको निर्यात गरेको भन्सार विभागको तथ्यांकमा छ । मुलुक यतिबेला विदेशी मुद्रा सञ्चितिको दबाबमा छ ।

नेपालको सर्वाधिक घाटाको व्यापार हुने यी पाँच देश

भारत नेपालको सबैभन्दा बढी वस्तु आयात हुने ठाउँ हो । यही मुलुसँग नेपालको वैदेशिक व्यापारघाटा सर्वाधिक बढी छ । यो देशसँग १० खर्ब बढीको व्यापार घाटा रहेको छ । यस्तै दोस्रो छिमेकी देश चीनसँगको व्यापारघाटा २ खर्ब ६३ अर्ब रूपैयाँ पुगेको छ । नेपालले चीनबाट २ खर्ब ६४ अर्ब रूपैयाँभन्दा बढीको वस्तु तथा सेवा आयात गरेको छ भने निर्यात ८० करोड मात्र छ । इन्डोनेसिायसँग ५३ अर्ब २४ करोड रुपैयाँ व्यापार घाटामा छ । अर्जेन्टिनासँग ३९ अर्ब ६५ करोड, अष्ट्रेलियासँग २३ अर्ब रूपैयाँभन्दा बढीले व्यापार घाटामा रहेको भन्सार विभागले जनाएको छ ।

यी देशसँग छ नाफाको व्यापार

नेपालले २६ देशसँग नाफाको व्यापार पनि गरेको छ । तर, यो व्यापार अत्यन्त न्यून छ । अल्जेरिया, अर्मेनिया, अजरबैजान, बरमुढा, कम्बोडिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कंगो, कोस्टारिका, डेनमार्क, इथियोपिया, घाना, ग्रिस, गिनिया, इटाली, किर्गिजिस्तान, माल्दिभ्स, माल्टा, मोरोक्का, मोनाक्कोलगायतका देश रहेका छन् ।

विगत पाँच वर्षको व्यापारघाटाको अवस्था

२०७८/७९ : १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ

२०७७/७८ : १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ

२०७६/७७ : १० खर्ब ९९ अर्ब ८ करोड रुपैयाँ

२०७५/०७६ : १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ

२०७४/०७५ : ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ

प्रतिक्रिया दिनुहोस
एमालेले दुईतिहाई बहुमत नल्याए राजनीतिबाट सन्यास लिनेछु : खगराज अधिकारी

     नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरुएक्लै लडदा आफ्नो पार्टीले एक्लै दुई तिहाई बहुमत नल्याए राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ । रिपोर्टर्स क्लबनेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै अधिकारीले यस्तो घोषणा गर्नुभएको हो  ‘एक्लाएक्लै लडे कांग्रेसले एक सिटपनिजित्दैन्  अब कांग्रेस एक्लै लड्न नसक्ने भयो  कांग्रेस एक्लै लड्न आओस, हामी दुई तिहाई भन्दा बढि सिटमा जित्छौं । यदि हामीलेदुई तिहाई भन्दा बढि सिट जितेनौं भने म राजनीति छोडिदिन्छु,’ अधिकारीले भन्नुभयो । नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तिय गठबन्धनको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘माक्र्सवाद–लेनिनवादमाविश्वास गर्छ । अहिलेको गठबन्धन वित्तिय गठबन्धन हो ।’ अधिकारीले कांग्रेसले एसपिपी अर्को ढंगले अघि बढाउन खोजेको रअहिलेको सरकारको कारण देश जटिल अवस्थामा पुगेको तथ्य पनि राख्नुभयो ।

मेरा कार्यक्रता पद र पैसाका लागि पछिलागे : माधव नेपाल

    नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो

गठबन्धनमा कसको दावी कति ? माधव नेपाल रित्तै

    सत्तारुढ गठबन्धनमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई आगामी निर्वाचनको सिट बाँडफाँडमा

सामुदायिक वनका क्रियाकलापले नेपालको वन जङ्गल क्षेत्रमा उल्लेख्य बृद्धि : मन्त्री यादव

        वन तथा वातावरणमन्त्री प्रदीप यादवले सामुदायिक वनले थालेका क्रियाकलापले