एमाले बाग्मती प्रदेश कमिटीले पार्टी शुद्धीकरण, सुदृढीकरण अभियान चलाउने



 

 

नेकपा (एमाले) बाग्मती प्रदेश संगठन कमिटीले पार्टी शुद्धीकरण, सुदृढीकरण अभियान चलाउने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा सम्पन्न बाग्मती प्रदेश संगठन कमिटीको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

साउनदेखि शुरु गर्ने यो अभियान भदौ १५ गतेसम्म चल्ने छ । अभियानको शुरुवात साउन ४ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा काठमाडौंमा वृहत् प्रशिक्षण कार्यक्रमबाट हुने नेकपा (एमाले) बाग्मती प्रदेशका अध्यक्ष केशवराज पाण्डेले वताउनुभयो । प्रशिक्षण पार्टीका शीर्ष नेताहरूले दिनुहुने छ ।

 

पार्टी शुद्धीकरण तथा सुदृढीकरण अभियान वडा तहसम्म सञ्चालन गरिनेभएको छ । साउन ७ देखि २० गतेसम्म जिल्लास्तरमा र त्यसपछि पालिका र वडातहमा अभियान केन्द्रित गर्ने तालिका प्रदेश कमिटी बैठकले बनाएको छ ।मुलतः कार्यकर्ता केन्द्रित यो अभियानको उद्देश्य संगठनात्मकरूपमा अराजकता र अवसरवादबाट मुक्त गर्ने तथा पूर्ण गतिशील, वैचारिकरूपमा स्पष्ट, कार्यनीतिक मुद्दामा धारिलो र लक्ष्यप्रति संकल्पबद्ध पार्टीपङ्ती तयार पार्ने रहेको छ । प्रदेश कमिटीले सबै जिल्लाका लागि प्रशिक्षक पनि तोक्ने भएको छ ।

प्रशिक्षणका लागि विषयहरू पनि निर्धारण गरिएको छ । जनताको बहुदलीय जनवादको मान्यता अनुरूप पार्टी निर्माण, स्थानीय निर्वाचनको सन्देश, शिक्षा र आगामी निर्वाचनको तयारी, वर्तमान राजनीतिक शक्ति सन्तुलन, पार्टीको सामथ्र्य विस्तार र राष्ट्रको मुख्य शक्तिका रूपमा नेकपा (एमाले) को भूमिका अभिबृद्धि लगायत विषयमा कार्यकर्ता प्रशिक्षित गरिने भएको छ ।

 

अभियानका क्रममा स्थानीय निर्वाचनमा गल्ती गर्ने र जिम्मेवारी पूरा नगर्ने पार्टी सदस्यहरूको तथ्यगत जानकारी लिने र आवश्यक निर्णय गर्ने कार्यसूची बनेको छ । बैठकले स्थानीय तह निर्वाचनको समीक्षा पनि गरेको छ । बाग्मती प्रदेशमा एमालेले सबैभन्दा बढी आठ लाख सातहजार २३३ मत प्राप्त गरे पनि निर्वाचित जनप्रतिनिधि सिट संख्या कम भएकोमा विभिन्न कोणबाट छलफल गरिएको प्रदेश अध्यक्ष पाण्डेले वताउनुभयो ।

आजको बैठकमा प्रमुख अतिथिका रूपमा पार्टी उपाध्यक्ष विष्णु पौडेलले निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो भने प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले ‘संगठन शुद्धीकरण/सुदृढीकरण अभियान र पार्टी कामको योजना’ प्रस्तुत गर्नुभएको थियो ।

बैठकले प्रदेश कमिटीका सबै सदस्यहरूलाई आगामी निर्वाचनलाई ध्यानमा राखी भूगोल केन्द्रित जिम्मेवारी दिने निर्णय गरेको बाग्मती प्रदेशका उपसचिव तथा प्रचार विभाग प्रमुख महेश वर्तौलाले जानकारी दिनुभयो । बैठकले अवधि पुगेका प्रदेश तहसम्मका जनसंगठनका अधिवेशनहरू तत्काल गर्न निर्देशन गर्ने निर्णय पनि गरेको छ ।

 

बाग्मती प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा बसेको बैठकमा पार्टीका स्थायी कमिटी सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ, पोलिटव्यूरो सदस्यहरू अरुण नेपाल, आनन्दप्रसाद पोखरेल र पार्वत गुरूङको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
नागरिकता विधेयक बिरुद्ध नेमकिपा सडकमा

    नागरिकता विधेयक देशघाती भएकाले खारेज गर्नुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टीलेले

नागरिकता विधेयक जस्ताको तस्तै पारित नर्गन प्रदीप ज्ञवालीको चेतावनी

    नेकपा एमालेले राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयक टाउका गनेर पारित गरिएको

जसपाका बरिष्ठ नेता राईसहित डेढ सय एमालेमा प्रवेश (सूचीसहित)

    जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य हेमराज राई र

महान जनयुद्ध भनेर १७ हजार मान्छे मारेको ओलीको आरोप

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धमा मारिएका सहिदको सट्टा