अर्थमन्त्री बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री



 

 

नेपालमा सबैभन्दा बढी विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माको राजिनामाका विषयमा विहानैदेखि सत्तारुढ दलका नेताहरु छलफलमा बसेका छन् । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार विहानै देखि प्रचण्ड र देउवा यस विषयमा छलफलमा जुटेका हुन् ।

देउवालेसमेत जनार्दन शर्मालाई अर्थबाट हटाएर माओवादीकै तर्फबाट अरु कोहिलाई अर्थमन्त्री बनाउने वा अर्थ कांग्रेसलाई दिएर अर्को कुनै मन्त्रालय माओवादीलाई दिनेगरी अगाडी बढाउनुपर्यो भनेपछि विहानैदेखि दुई नेता छलफलमा जुटेका हुन् । प्रचण्डले भने यस विषयमा आफ्नो पार्टीको केन्द्रीय समितिबाट निर्णय गराउनुपर्ने र अर्थमन्त्री हटाउने निर्णयमा आफ्नो खासै अब्जेक्सन नभएको जनाएपछि थप रणनीति बनाउन विहानैदेखि दुई नेता छलफलमा रहेको बुझिएको छ ।

प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार सोमबार बेलुकी पनि देउवा र प्रचण्डबीच यस विषयमा छलफल भएको थियो भने मंगलवार विहान पनि यस विषयमा दुई नेताबीच टेलिफोन वार्ता भएको थियो । बिचौलिया लाई प्रयोग गरेर करका दर हेरफेर गरेको आरोपपछि जनार्दन शर्मा विवादमा हुनुहुन्छ ।

सोमबारको संसद बैठकमा पनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित, अन्य सांसदहरुले पनि उहाँको राजिनामा मागेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त अर्थमन्त्रीले अपराध नै गरेको टिप्पणीसमेत गरिसकेको छ । शर्मा विवादमा तानिएपछि यस विषयमा टिप्पणी गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माले दोहोरो अपराध गरेको बताउनुभयो ।

बजेट निर्माणका बेला बाहिरिया मान्छे लगाएर एउटा अपराध गरेका अर्थमन्त्रीले सो बेलाको सिसीटिभी फुटेज डिलिट गरेर अर्को अपराध गरेको ज्ञवालीको तर्क छ । ‘वास्तवमा यो दोहोरो अपराध हो । बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो । यो अपराधलाई लुकाउनका निमित्त त्यस सम्बन्धी प्रमाण नष्ट गर्नका लागि यदि साँच्चैनै सिसीटिभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो संचारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो ।

यता लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले अर्थमन्त्री जनार्दन शर्माले गम्भीर भुल गरेको प्रतिक्रिया दिनुभएको थियो । जेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने विषयमा सिसिटिभी फुटेज डिलिट भयो भनेर शर्माले गम्भीर भुल गरेको बताउँदै कर्णले सो घटनाको सम्बन्धमा देश र जनताका लागि पनि यथार्थ कुरा बाहिर ल्याउनुपर्नेतर्फ जोड दिनुभयो ।

बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेशगरे भन्ने प्रश्न उठिसकेपछि सरकारले यो कुरामा म निर्देश छु भन्ने प्रमाणित गर्नका लागि पनि सिसीटिभी राख्नु पर्ने हो । त्यो डिलिट गर्ने होइन। डिलिट गर्दाखेरी के देखिन्छ भने यस विषयमा त सरकार सबुत प्रमाण मेटाउन खोज्यो । सबुत प्रमाण मेटाएर कोही व्यक्ति निर्दोष हुन सक्दैन । र, यो गम्भिर अपराध हो । यस विषयमा संसदमा पटकपटक कुरा उठेको छ ।सरकारले यसलाई वास्ता गरेको छैन ।

यसमा सरकारले तुरुन्त अगाडि बढनु पर्दछ,सांसद कर्णले भन्नुभयो । यसो त सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पनि अर्थमन्त्री जनार्दन शर्माले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिए प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले यस विषयमा छानविन नगर्ने हो भने गलत नजिर बस्ने भन्दै थापाले तत्काल राजिनामा दिनुपर्ने बताउनुभयो। अहिले अर्थ मन्त्रालयले सिसिटिभि फुटेज जम्मा १३ दिनकी छ भनेर भनिसके पछाडी मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्शनमा जानुपर्छ, यत्रो विषय संसदना उठ्यो, बाहिर उठ्यो, हो, होइन मलाई थाहा छैन, तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ, र तत्काल छानबिन गर्नुपर्छ, संचारकर्मीसँग कुराकानी गर्दै उहााले भन्नुभयो – हाम्री आफ्नै कार्यविधि छ, हाम्रो आफ्नै नियम, कानूनले पनि हामीलाई कम्तिमा तीन महिनासम्मको सिसिटिभि फुटेज राखेकुरा भनिहाल्छ, त्यसमाथि पनि बजेट यो संसदले जुन पारित गरेको छ, यसको करको दर भनेको चाहीं सामान्य कुरा होइन, कसैले सामान्य माननविय त्रुटी भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन, यति कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यों यत्तिकै गयो भनेर हुँदैन, यस्तो गर्यो भने अत्यन्त यसको एउटा नजिर बस्छ, र जे गरेपनि हुन्छ भन्ने कुरा रहन्छ, वा हुँदै नभएको कुराकी आरोप पनि कसैले खेप्नुपर्ने हुन्छ । त्यसैले मलाई लागेको यो अर्थमन्त्रीजीको पनि हीतमा छ।तत्काल उहाँले राजीनामा दिने ।

प्रतिक्रिया दिनुहोस
शेखर-गगन समूहको छुट्टै चियापान कार्यक्रम (तस्बिरहरू)

    सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको शेखर कोइराला समूहले छुट्टै चियापान कार्यक्रमको

आम निर्वाचनमा देशभर १० हजार ८९१ मतदानस्थल

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

    अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) हालसम्मकै कमजोर बनेको छ । अमेरिकी

राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

    विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र भोलि बुधवार राप्रपा प्रवेश