मन्त्रालयको फुटेज हेर्ने तिनिहरू को हुन् ? भन्दै जनार्दन शर्मा



 

 

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभावकर’ले प्रतिनिधिसभा सदस्यहरूको मानमर्दन हुने अभिव्यक्ति दिएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै उनको चौतर्फी आलोचना भइरहेका बेला प्रश्न उठाउने सांसदहरूमाथि नै उनी खनिएका हुन् । संसदमा सांसदहरूले उठाएको प्रश्नहरूलाई लक्षित गर्दै आइतबार एक टेलिभिजन अन्तर्वार्तामा उनले सीसी क्यामेरा फुटेज हेर्ने तिनीहरू को हुन भन्दै प्रश्न गरेका हुन् ।

बजेटबारे जनता, कर्मचारी र व्यवसायीलाई सोधेर उनीहरूको प्रतिक्रियाको आधारमा धारणा बनाउन आग्रह गर्दै उनले भने, ‘बजेटमा कहाँ छ राष्ट्रघात, कहाँ छ बद्मासी ? करका दर एक्सपोज भएको भए कहाँ भयो ? कसले के गर्यो ? कसरी एक्स्पोज भयो ? नभएको कुरा गरेर त्यत्तिकै विषय उठाएर हुने हो र ?’

संसदमा संसदीय छानविन र सीसी क्यामेराको फुटेज माग भएको सम्बन्धमा गरिएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सांसदहरूकै मानमर्दन हुनेगरी भनेका छन्, ‘सीसी क्यामेरा हेर्ने ती को हुन् ? सरकारले हेर्ला नि त आवश्यक परे । एमालेले सीसी क्यामेरा हेर्न पाउनुपर्छ भन्दैमा दिनुपर्ने के छ ? त्यो मैले गरेको निर्णय हो र ?’

यद्यपि, सीसी क्यामेरा हेर्नेले हेर्न पाउने भन्दै उनले आफूले कतै रोक्ने काम नगरेको स्पष्ट पारेका छन् । ‘मैले रोकेको छु र ? नहेर भनेको छु र ?’ उनले भनेका छन् ।

अर्को प्रसङ्गमा उनले आफूमाथि जति प्रश्नहरू उठे पनि राजीनामा नदिने बताएका छन् । आफूले ल्याएको बजेट उत्कृष्ट भएको दाबी गर्दै उनले आफू राजीनामाको पक्षमा नरहेको स्पष्ट पारेका हुन् । रोजगारी सृजना, गरिबीको अन्त्यलगायत कामको नेतृत्व आफूले गरिरहेको भन्दै राजीनामा कुनै हालतमा नगर्ने उनको अडान छ ।

प्रतिक्रिया दिनुहोस
महाभियोग निष्क्रिय भएको छैन : सञ्चारमन्त्री

    प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र संसद सचिवालयले

राणालाई छेक्न बारका वकिल सर्वोच्च गेटमा

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च छिर्न नदिन बारका वकिलहरू गेटमा बसेका छन्

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने काङ्ग्रेको तयारी

    अबको राष्ट्रपति कसलाई बनाइएला भन्ने जिज्ञाशा सर्वत्र प्रकट भएको छ ।

गठबन्धनको बहुमत पुगेन, यस्ताे छ प्रतिनिधिसभाकाे हिसाबकिताब

    मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको