देउवाको अमेरिका भ्रमणअघि आरजुलाई भारत पठाईयो : भीम रावल



 

 

प्रतिपक्षी एमालेका सांसद भीम रावलले प्रधानमन्त्री शेर बहादुर देउवाको अमेरिका भ्रमणबोरमा संसदलाई जानकारी दिनु पर्ने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै रावलले प्रधानमन्त्रीको अमेरिका भ्रमण तयारीबारे संसदलाई जानकारी गराउन समेत माग गरेका हुन् ।

उनले नेपालको असंग्लन र स्वतन्त्र परराष्ट्र नीतिलाई वर्तमान गठबन्धन सरकारका गतिविधिले त्यो नीति र मान्यतालाई उल्लघंन गरेको आरोप लगाए । डा.रावलले नेपाल भ्रमणमा रहेका अमेरिकी जर्नलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको प्रति आपति जनाए ।

नेपालको परराष्ट्र नीतिलाई असंग्लन र स्वतन्त्र बनाउने भनेर जो लेखेका थियौं। तर त्यो अहिले सरकारका गतिविधिले त्यो नीति र मान्यतालाई उल्लघंन गरेको देखिन थालेको छ’, उनले भने, ‘नेपाल भ्रमणमा रहेका अमेरिकी जर्नलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको सुने के भनेको हो यो? कसको भरपर्दो स्थ्लगत सेना भन्न खोजेको? स्थल सेनाको ग्रुपमा काम गर भन्न खोजेको हो?’

अमेरिकी जर्नेलले स्थल सेना भरपर्दो भन्नु स्थल समूहमा काम गर अथवा अमेरिकाले सञ्चालन गरेको राज्य साझेदारी कार्यक्रमको अंग भएको हो कि, भन्ने आंशका उत्पन्न भएको डा. रावलले बताए।  यसले के आंशका उत्पन्न गरेको छ भने स्टेड पाटर्नरसिप कार्यक्रम राज्य साझेदारी कार्यक्रम भनेर अमेरिकाले चलाएको छ। त्यसको भित्रबाट नेपाल अंग भइसक्यो हो कि? आंशका उत्पन्न हुन्छ।’

उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री पनि छलफलको लागि आउनुपर्ने माग राखे। उनले प्रधानमन्त्रीको भ्रमण तयारी परराष्ट्र मन्त्रालयले नगरेर रक्षा मन्त्रालय र सेनाले गर्नु गम्भीर रहेको आरोप लगाए ।

‘यस्तो बेलामा प्रधानमन्त्री अमेरिकी भ्रमणका जाने कुरा आएको छ । प्रधानमन्त्री भ्रमणमा जाने विषय संसदलाई जानकारी हुनुपर्छ कि पर्दैन। प्रधानमन्त्रीले अमेरिका भ्रमणबारे समितिलाई जानकारी गराउनुपर्छ। परराष्ट्रमन्त्री र प्रधानमन्त्री सँगै आउनु पर्‍यो ।’ अन्तर्राष्ट्रिय सम्बन्धका विषयका छलफल हुँदा समितिमा परराष्ट्र मन्त्रीले आउँदिन भन्न नमिल्ने बताए।

‘दुई देश बीचका भ्रमण भइरहने कुरा सामान्य हो। यो भ्रमण आदानप्रदान कसले गर्छ । हाम्रो परराष्ट्र मन्त्रालय छ तर परराष्ट्र मन्त्रालयमा कुनै जानकारी आउँदैन। नेपालका राजदूत अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा गएर कुराकानी गर्नुहुन्छ। अमेरिकाका जर्नेल नेपाल भ्रमण गर्नुहुन्छ’, रावलले अगाडि भने, ‘नेपाली सेनाका प्रधानसेनापति अमेरिका भ्रमण गर्ने कुरा आउँछ र दुई देशका सेना र रक्षा मन्त्रालयको बीचमा सबै चाजोपाँजो मिलाइएको जस्तो सम्पूर्ण घटनाक्रमहरुले देखाएको छ। यो एकदमै आत्ततिजनक कुरा हो। सत्तापक्षकै सांसद अमेरिकी भ्रमण गर्नु हुन्न भन्नु भएको छ।

रावलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि प्रधानमन्त्री पत्नी आरजु राणा सल्लाह लिन भारत गएको आरोप लगाए। उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा स्टेट पार्टनरसीप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी भइरहेको पनि आरोप लगाए । प्रधानमन्त्री पत्नी आरजु अहिले स्टेट पार्टनरसीप कार्यक्रममा हस्ताक्षर परामर्शकै लागि भारत गएको रावलले दाबी गरे।

रावलले अमेरिका सेनाको युटा नेशनल गार्डलाई नेपाल ल्याउने योजनाअनुसार स्टेट पार्टनरसीप सम्झौताको तयारी हो भने निकै गम्भीर कुरा भएको भन्दै प्रधानमन्त्रीले संसदमा जानकारी गराउनुपर्ने बताए । उनले अमेरिका भ्रमण र हस्ताक्षरका विषयमा समितिलाई परराष्ट्र मन्त्रीले जानकारी दिएर नहुने जिकिर गरे।

गठबन्धनका नेतालाई समेत थाहा नदिई अमेरिकी सेनाको युटा नेशनल गार्डलाई नेपाल ल्याउने योजनाअनुसार स्टेट पार्टनरसीप सम्झौताको तयारी गरेको आरोप थियो।

प्रतिक्रिया दिनुहोस
यसरी हुन सक्छन् एमाले–माओवादीको केन्द्रदेखि प्रदेशसम्म सरकार

    नेकपा माओवादी केन्द्रले सरकार गठनबारे सबै विकल्प खुला राख्ने निर्णय लिएपछि

यी हुन् एमालेबाट चुनिनसक्ने समानुपातिकका सांसदहरू

    ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम अन्तिम

बागबजार क्षेत्रका व्यवसायी पार्किङ माग गर्दै आन्दोलनमा

  सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिएका छन्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिनभर प्रभावित

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार) क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान हुँदैछ। थाइल्याण्डको