एमाले तीनै तहका सरकारमा पुनःस्थापना हुन्छ : ओली



 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी तीनै तहको सरकारमा पुनःस्थापना हुने उदघोष गर्नुभएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन तथा आगामी संसदीय निर्वाचनबाट एमाले पुनः तीनै तहका सरकारमा पुग्ने बताउनु भएको हो ।

‘आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थनसहित नेकपा एमालेलाई तीनै तहका सरकारमा पुनर्स्थापना गर्दै हामी राष्ट्रको यस अभिभारालाई पूरा गर्ने छौं,’ ओलीको सन्देशमा भनिएको छ । यस क्रममा अध्यक्ष ओलीले संवैधानिक संस्थाहरूलाई असंवैधानिक रुपमा दुरुपयोग गरी एमालेलाई सरकारबाट हटाइएको उल्लेख गर्नुभएको छ ।

‘यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हाम्रा पाइलामा अवरोध पुर्यायो’, अध्यक्ष ओलीको भनाइ छ ।

 

शुभकामनाको पूर्णपाठ

मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२२ को अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरुमाहार्दिक शुभकामना व्यक्त गर्दछु ।

हामीले वितेका १ सय ३२५वर्षदेखि मे १ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएका छौँ । काम गर्नेमाथि काम लगाउनेहरुको ज्यादतिकाविरुद्धसन् १८८६ मा अमेरिकाको सिकागोमा पहिलो संगठित मजदुर आन्दोलन भएको थियो । त्यस आन्दोलनमाथि भए भएको चरम दमनका विरुद्धे स्मरण गर्दैआठ घन्ण्टा काम, आठ घन्ण्टा मनोरञ्जन र आठ घन्ण्टा आरामको माग सहित सन् १८९०देखि र काम गर्नेमाथि काम लगाउनेहरुबाट हुने ज्यादतिको अन्त्य गर्न अन्तर्राष्ट्रियविश्वभरीश्रमिक दिवस मानाउँँदैदै आएका छौँ ।

पहिलो पटक वाष्प इन्जिनको आविस्कार र औद्योगिक युग सुरु भएपछि फ्रान्सको लियोँ शहरमा सन् १८३१ मा पहिलो मजदुर आन्दोलन भएको थियो । त्यसको ८८ वर्षपछि सन् १९१९ मा अन्तर्राष्ट्रिय श्रम संगठन बन्यो । त्यसको ४७ बर्षपछि मात्र नेपालले त्यसमा प्रवेश पायो । श्रमिक, रोजगारदाता र सरकारको त्रिपक्षीय संलग्नता रहने अन्तरर्राष्ट्रिय श्रम संगठनको नेपाल कार्यालय नेकपा (एमाले) नेतृत्वको अल्पमतको सरकार बनेपछिस्थापना भयो । र नेपाल ट्रेड युनियन महासंघ त्यसको प्रभावकारी र सक्रिय सदस्य रहंदै आएको छ ।

नेपालमा विसं २००३ सालमा पहिलो संगठित मजदुर आन्दोलन सुरु भयो । राणशाहीलाई श्रमजीवी जनतासँंग सम्ंझौता गर्न बाध्य पार्नेरत्यस आन्दोलनको हाम्रो पार्टी नेकपा (एमाले)त्यस गौरवशाली विरासतहाम्रो पार्टी नेकपा (एमाले) सँंग छ । हाम्रो पार्टीको वैचारिक मार्गदर्शनमा क्रियाशिील नेपाल ट्रेडयुनियन महासंघ (जिफण्ट) त्यही गौरबशाली आन्दोलनको वबाहकनेपालको पहिलो मजदुर आन्दोलनको निरन्तरता हो । एशियाका प्रभावशाली ट्रेड युनियनहरु मध्येमा गणना हुने जिफण्ट नेपालमाराष्ट्रिय मान्यता प्राप्त सबैभन्दा प्रतिनिधिमुलक शसक्त पहिलो ट्रेडयुनियन महासंघ हो ।

को नेतृत्वदायी भूमिका रहंदै आयो । हाम्रो पार्टीको अगुवाईमा संविधानसभाद्वारा निर्मित नेपालको संविधान२०७२ ले मौलिक हक र कर्तव्यमा श्रमिकका अधिकारको सुनिश्चित गरेको छ ।

नेकपा (एमाले) त्यस्तो पार्टी हो, जसको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरुका सरोकारहरुलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम ग¥यो ।हाम्रो पार्टीको अगुवाईमा संविधानसभाद्वारा निर्मित नेपालको संविधानले मौलिक हक र कर्तव्यमा श्रमिकका अधिकारको सुनिश्चित गरेको छ । नयाँ श्रम ऐन मार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताहरुका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चितता गरी त्यसहाम्रो पार्टीले औद्योगिक क्षेत्रमा अनावश्यक हड्ताल र संघर्ष गर्नु नपर्ने अवस्था सिर्जना गरेको छ ।

नेपालको श्रमिक आन्दोलनले यस दिवसलाई श्रमिकहरुको सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रुपमा मनाउन पाएको छ । विगतका वर्षमा हाम्रो सरकारले उद्यमी तथा श्रमिक दुबै पक्षबीच उच्च समझदारी कायम गरेको थियो । त्यही समझदारीका कारण श्रमिकको न्यूनतम पारिश्रमिक इतिहासमै उच्च, ३९ प्रतिशतले बृद्धि भएको थियो । त्यसले नियमितजसो औद्योगिक द्वन्द्वको पीडा झेलिरहेको नेपाली श्रम क्षेत्रमा हडताल र तालाबन्दीको समस्या अन्त्य भएको थियो । फलस्वरुप हाम्रो अर्थतन्त्रले तीब्र विकासको लय समातेको थियो । हाम्रै सरकारले श्रमिकको पारिश्रमिक बंैकमार्फत भुक्तानी गर्ने र काम गर्दाको समयमा वा सेवा निवृत्त भएपछिको जीवनलाई सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षाको शुरुवात ग¥यो । कोभिड–१९ महामारीको बेला सामाजिक सुरक्षा कोषमा आवद्ध सम्पूर्ण श्रमिकहरुको आयमा कमी नआओस् भनेर नै प्रत्येक श्रमिकको योगदान बराबरको रकम सरकारले नै कोषमा जम्मा गरिदिने व्यवस्था ग¥को सुरुवात भयो ।

यस बीचमा संवैधानिक संस्थाहरुलाई असंवैधानिक रुपमा दुरुपयोग गरी नेकपा (एमाले)लाई सरकारबाट हटाइयो । यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हाम्रा पाइलामा अवरोध पु¥यायो । सामाजिक परिवर्तन, आर्थिक विकास र सुनिश्चित श्रम जीवन निर्माणको हाम्रो गन्तव्यमा परमादेशको दुश्प्रयासले अल्पविराम लगाए पनि यसले हाम्रा पाइलाहरुलाई सधैंका लागि रोक्न सक्ने छैन । आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थन सहित नेकपा (एमाले)लाई तीनै तहका सरकारमा पुनस्र्थापना गर्दै हामी राष्ट्रको यस अभिभारालाई पूरा गर्ने छौँ । यसबवर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवसको जिफण्टको नारा– ‘हाम्रो मत सूर्यमा, श्रमशक्तिको विकास र समृद्धिको पक्षमा’ सामयिक छ ।यसलेसमृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सम्पूर्ण श्रमिक दिदीबहिनी तथा दाजुभाइहरुको साथ रहने कुरालाई अभिव्यक्त गरेको छभन्ने मेरो विश्वास छ ।

अन्त्यमा, अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख र समृद्धि तथा सम्मानित जीवनको पुनः शुभकामना व्यक्त गर्दछु ।

१८ बैशाख २०७९
(१ मे २०२२)

प्रतिक्रिया दिनुहोस
जसपाले सवै मन्त्री फिर्ता बोलायो

    सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता

रवि लामिछानेको पार्टी निर्वाचन आयोगद्वारा दर्ता, चुनाव चिन्ह गोलाकारभित्रको घण्टी

    सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं महानगरमा भिख माग्न नपाँउने

    काठमाडौं महानगरभित्रका सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं

एमाले अध्यक्ष ओलीको शरणमा वामदेव गौतम

    नेकपा एकता राष्ट्रिय अभियान पार्टीको अध्यक्ष बनेका वामदेव गौतम एमाले अध्यक्ष