अन्तर्राष्ट्रिय प्रशिक्षक सोनु शर्माको मोटिभेसन सेसन सम्पन्न



 

 

 

काठमाडौं, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंमा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त बीमा प्रशिक्षक मार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा देशभरका १ हजार ३ सय ४५ सक्रिय अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको समुद्घाटन गर्दै नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीका अभिकर्ताहरुले नै नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो बनाउन मुख्य भूमिका निभाएको भन्दै अभिकर्ताहरुको प्रसंशा गर्नुु भयो । उहाँले अभिकर्ताहरुको क्षमता अभिबृद्धि, उत्प्रेरणा जगाउन तथा व्यवसाय बृद्धि गर्न बीमा क्षेत्रका विज्ञसँग मोटिभेसनल सेसन गरेको र आगामी दिनमा पनि यस्ता प्रशिक्षणहरुलाई निरन्तरता दिने बताउनुभयो ।

सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ८ अर्ब २१ करोड रहेको छ भने लगानी रू. १३८ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष १२४ अर्ब ८४ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको छ । २ लाख ३ हजार भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय २ कार्यालय सञ्जाल मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

नेशनल सेल्स म्यानेजर दिग्विजय सिंघलले नेपाल लाइफका अभिकर्ताहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बीमा प्रशिक्षक मार्फत प्रशिक्षण नियमित गर्ने र सोका लागि कम्पनीले अभिकर्ताहरुका लागि व्यापार लक्ष्य सहितको स्कीम ल्याउने जानकारी गराउनु भयो ।

नेशनल सेल्स म्यानेजर उमापति पोखरेलले धन्यवाद ज्ञापन गर्दै हालसम्म स्वदेश र विदेश गरी ३० लाख ४७ हजार ५ सय ६० व्यक्ति यस कम्पनीमा बीमित भइसकेका र ग्राहकहरूको हितलाई मध्यनजर गरी थप नयाँ बीमा योजना, सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी अभिकर्ताहरुले यस मोटिभेसनल सेसन उपलब्धिपूर्ण रहेको प्रतिक्रिया जनाएका थिए । यस किसिमका कार्यक्रमहरुले काम गर्ने जोस, उत्प्रेरणा तथा उत्साह जागरण गर्ने अभिकर्ताहरुको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
यसरी हुन सक्छन् एमाले–माओवादीको केन्द्रदेखि प्रदेशसम्म सरकार

    नेकपा माओवादी केन्द्रले सरकार गठनबारे सबै विकल्प खुला राख्ने निर्णय लिएपछि

यी हुन् एमालेबाट चुनिनसक्ने समानुपातिकका सांसदहरू

    ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम अन्तिम

बागबजार क्षेत्रका व्यवसायी पार्किङ माग गर्दै आन्दोलनमा

  सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिएका छन्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिनभर प्रभावित

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार) क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान हुँदैछ। थाइल्याण्डको