राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटिले आसन्न स्थानिय निकायको निर्वाचनमा सूर्य ध्वजबाहक उम्मेदारहरूलाई जिताउनको निम्ती निर्वाचन परिचालन कमिटि गठन गरेको छ । एउटा वडामा २० जानाको परिचालन कमिटि रहने गरि १० वटा वडामा निर्वाचव परिचालन कमिटि गठन गरिएको हो । राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटिले बहुमतका साथ नेकपा एमालेलाई बिजय गराउन बाचाका साथ लागेको नगर कमिटि अध्यक्ष अनुपराज खत्रीले बताएका छन । चौदण्डिगढी नगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदावर कालुमान लामा र उपमेयरका उम्मेदार मणिका दुलाल युवा प्रेमी बिकासप्रेमि भएकाले एमालेको जित शुनिश्चित रहेको नगर कमिटि अध्यक्षले बताएका छन ।