काठमाण्डौं महानगरपालिकाको मेयरमा एमालेबाट केशव स्थापित



 

 

काठमाण्डौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित टिकट पाएका छन् । काठमाडौंमा विकासको मोडल स्थापित गरेका उनै स्थापित अहिले उम्मेद्वार बनेका छन्, उनको पालामा काठमाडौंमा विकासले तीव्रता पाएको थियो, विकासवादी नेता स्थापितलाई विजयीको लगभग पक्का छ ।  केही दिन अघि सामाजिक सञ्जालमा एउटा अभियान निकै चर्चित भयो । ‘टिकट पाए जितेर देखाउँछु, टिकट नपाए जिताएर देखाउँछु !’

सामाजिक सञ्जालमा ट्रेंडिङमा रहेको यो वाक्य खासमा केशव स्थापितको थियो । जो काठमाडौंको मेयरको आकांक्षी थिए । उनै स्थापितलाई नेकपा (एमाले)ले काठमाडौंको मेयरको टिकट दिएको छ । अर्थात, उनी अब जिताउनु पर्ने होइन, जितेर देखाउनुपर्ने भूमिकामा छन् ।  बरु, चुनावसम्म पदमै रहेर स्थापितलाई जिताउनुपर्ने भूमिकामा आइपुगेका छन्, विद्यासुन्दर शाक्य । निर्वाचन आयोगले बनाएको नियम अनुसार उम्मेदवार बन्नका लागि मेयरबाट राजीनामा दिने तयारीमा रहेका शाक्यलाई पार्टीले स्थापितलाई उम्मेदवार बनाएपछि राजीनामा दिनपर्ने बाध्यकारी छैन् ।

यसो त २०७४ सालको चुनावमै काठमाडौंको मेयरको उम्मेद्वार बन्न चाहन्थे, स्थापित । तर, नेकपा (एमाले)ले शाक्यलाई टिकट दियो । २०५४ सालमा स्थापित काठमाडौंको मेयर हुँदा शाक्य वडा अध्यक्ष थिए । पार्टीले शाक्यलाई टिकट दियो, स्थापित जिताउन लागे । यसपालि पनि मेयरका लागि स्थापित र शाक्यकै मुख्य प्रतिस्पर्धा थियो । यद्यपि पूर्वमन्त्री समेत रहेका काठमाडौं–७ का संघीय सांसद रामवीर मानन्धर पनि आकांक्षी थिए ।

तुलनात्मक रुपमा नेकपा (एमाले)ले काठमाडौंमा प्रभावशाली उम्मेद्वार बनाएको छ । काठमाडौंमा विकासको मोडल स्थापित गरेका उनै स्थापित अहिले उम्मेद्वार बनेका छन् । उनको पालामा काठमाडौंमा विकासले तीव्रता पाएको थियो । कामकै कारण उनले वाहवाही समेत कमाएका थिए । उनी विकासका सपना देखाउने सपनाद्रष्टा समेत हुन् । महानगर कस्तो हुनुपर्छ भन्ने खाका फर्रर्र पेश गर्न सक्छन्, स्थापित ।

नेकपा (एमाले)को शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालयको बैठकले काठमाडौंसहित महानगर र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार तय गरेको हो । जस अनुसार, काठमाडौंको मेयरमा शाक्य र उपमेयरमा स्वतन्त्र रुपमा मेयरको तयारी गरिरहेकी युवा पुस्ताकी सुनिता डंगोलले टिकट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले सचिवालय बैठकको यस्ता छन एजेण्डा

    स्थानीय निर्वाचनको थप समिक्षा लगायतका विषयमा नेकपा एमालेको सचिवालय बैठक आज

काठमाडौं ५ बाट चुनाव लड्ने रन्जु दर्शनाको घोषणा

    रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट आगामी प्रतिनिधि सभा सदस्य

जसपाले सवै मन्त्री फिर्ता बोलायो

    सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता

रवि लामिछानेको पार्टी निर्वाचन आयोगद्वारा दर्ता, चुनाव चिन्ह गोलाकारभित्रको घण्टी

    सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता