गठबन्धनमा माधव नेपाल घाँडो भयो : प्रचण्ड



 

 

 

नेकपा माओवादी केन्द्रले कांग्रेसको घमण्ड र नेकपा एसको हैसियतभन्दा बढी दाबीका कारण चुनावी गठबन्धन पेचिलो बनेको निष्कर्ष निकालेको छ । कांग्रेस लचिलो नबने बाँकी चार दलको मात्र गठबन्धन गर्ने विकल्पमा समेत माओवादीभित्र छलफल भएको छ । मंगलबार अध्यक्ष प्रचण्डले बोलाएको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उपमहानगरपालिकाको भागबण्डा मिलाउन गाह्रो भएको ब्रिफिङ सुनेपछि नेताहरुले देशब्यापी तालमेलको सम्भावना नरहेको निष्कर्ष निकालेका छन् । कांग्रेसले ८ वटा उपमहानगरपालिका दावी गरेपछि समस्या आएको प्रचण्डले सुनाएका थिए ।

उता माओवादीले भने ११ मध्ये ४ वटा उपमहानगरपालिका लिने प्रयास गरिरहेको छ । हाल घोराही र जितपुर सिमरामात्र माओवादीले पाउने प्रस्ताव भएकोमा केन्द्रीय कार्यालयको विस्तारित बैठकमा चारवटा उपमहानगरपालिका बटमलाइन बनाउनुपर्ने विषयमा छलफल भएको हो । पूर्वस्थायी कमिटी सदस्यहरू सम्मिलित बैठकमा प्रचण्डले गठबन्धनमा सहमतिका लागि अहिलेसम्म भएका प्रयासहरुको जानकारी दिएको केन्द्रीय लेखा आयोगका अध्यक्ष पेशल खतिवडाले बताए । उनले सबैतिरको ब्रिफिङ लिइएको भन्दै कांग्रेसबाहेक गठबन्धन दल मिलेर जानुपर्ने अवस्था पनि आउन सक्ने बताए ।

बैठकमा ६ मध्ये २ महानगरपालिकाको हैसियत माओवादीको भए पनि एउटामात्र मात्र चित्त बुझाउनु परेकाले ११ मध्ये ४ वटा उपमहानगरपालिका नछाड्न नेताहरूले प्रचण्डलाई दबाब दिएका छन् । माओवादीले जितपुर धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिका छाड्न नहुने नेताहरूले बताएका थिए । तर हेटौंडामा नेकपा एसको दाबी छ भने धरान कांग्रेसले नछाड्ने भनेको छ ।

नेकपा एसले जनमत नै नभएका ठाउँमा पनि अनावश्यक दाबी गर्दा गठबन्धनमा सहमति हुन नसकेको बैठकमा ब्रिफिङ भएको थियो । कतिपय नेताले जिल्ला र पालिकास्तरीय छलफलको ब्रिफिङ गर्ने क्रममा गठबन्धनमा नेकपा एस घाँडो भएको र कांग्रेस घमण्डी भएको टिप्पणी गरेका थिए । नेकपा एसलाई छाडेर जान पनि नसकिने र मागेजति दिएर गठबन्धन हुने अवस्था पनि नरहेको ब्रिफिङ बैठकमा भएको थियो ।

माओवादीका अर्का एक नेताले भने, ‘नेकपा एसका नेता हेर्दा राम्रा छन् । तर, तल जनमत छैन । उहाँहरुले हैसियतभन्दा बढी माग्दा पनि समस्या भएको छ । कांग्रेसको घमण्डको त कुरै नगरौं । यस्तो अवस्थामा देशैभरि तालमेलको सम्भावना त लगभग सकियो । उपहानगरपालिकाकै हकमा पनि कांग्रेसबाहेकको गठबन्धन हुनसक्छ ।’

माओवादी बैठकमा प्रचण्डले कांग्रेसलाई छाडेर बाँकी दलमात्र मिलेर जाँदा के होला ? भन्ने प्रस्ताव समेत राखेको बताइएको छ । यदि उपमहानगरपालिकामा कांग्रेस लचिलो नबनेको खण्डमा माओवादी, जसपा र नेकपा एसमात्र मिल्दा पनि चारवटा जित्न सकिने र कांग्रेसले २ वटाभन्दा जित्न नसक्ने आँकलन माओवादीको छ ।

ती नेताले भने, ‘हैसियत अनुसार भागबण्डा नहुने हो भने कांग्रेसबाहेक हामी लडेर धरान, जितपुर सिमरा, जनकपुर र हेटौंडा जित्न सकिन्छ र घोराही पनि सम्भव हुन्छ भन्ने छ । त्यो अवस्थामा एमालेले तीनवटादेखि चारवटासम्म उपमहानगर जित्न सक्छ । घाटा कांग्रेसलाई हुने हो । गठबन्धन मिलाउँदा एमाले एउटामा मात्र सीमित हुन्छ ।’

नेकपा एसले इटहरी र हेटौंडालाई बटमलाइन बनाएको कारण पनि समस्या आएको नेताहरुले बताएका छन् । यसैबीच सोमबारको गठबन्धन बैठकमा प्रचण्डले देशभरिनै ७५३ पालिकामध्ये कांग्रेसले ४०/४५ प्रतिशत, माओवादीले ३०/३५ प्रतिशत र अरु जसपा तथा नेकपा एसले लिएर चुनाव लड्ने प्रस्ताव राखेका थिए । तर, कांग्रेसले मानेको छैन ।

प्रतिक्रिया दिनुहोस
यसरी हुन सक्छन् एमाले–माओवादीको केन्द्रदेखि प्रदेशसम्म सरकार

    नेकपा माओवादी केन्द्रले सरकार गठनबारे सबै विकल्प खुला राख्ने निर्णय लिएपछि

यी हुन् एमालेबाट चुनिनसक्ने समानुपातिकका सांसदहरू

    ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम अन्तिम

बागबजार क्षेत्रका व्यवसायी पार्किङ माग गर्दै आन्दोलनमा

  सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिएका छन्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिनभर प्रभावित

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार) क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान हुँदैछ। थाइल्याण्डको