अभिनेत्री उर्वशीले लगाएको ६४ करोड लेहंगा कस्तो हो



 

 

उर्वशी रौटेला बलिउडको एक प्रसिद्ध अभिनेत्री हुन् । उनी आफ्नो महँगो फेसनका कारण चर्चामा रहने गरेकी छिन् । फ्यानहरू उनको फेसन मन पराउँछन् । हालै, जब उनले र्याम्पमा सुनौलो गाउन लगाइन्, फ्यानहरूले प्रशंसा गरेका थिए ।

अब उनी नयाँ पोशाकमा देखा परेकी छिन् । नयाँ पोशाकमा पनि उनी एकदम सुन्दर देखिएकी छिन् । उर्वशी रौतेलाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेकी छिन्, जसमा उनी आफ्नो बेडरूमको ढोकामा उभिएको देखिएकी छिन् ।

 

भिडियोमा उर्वशी मेटालिक फ्रिन्ज सर्ट ड्रेसमा निकै ग्ल्यामरस देखिएकी छिन् । हातमा उनले चाँदीको पहिरनसँग मिल्दोजुल्दो औँठी लगाएकी छिन् । यो पोशाकसँगै अभिनेत्रीले अग्लो हिल पनि लगाएकी छिन् । उनको सुन्दरता सम्पूर्ण लुकमा देखिन्छ । उर्वशी रौटेला विगतमा आफ्नो महँगो फेसन सेन्सका कारण निकै चर्चामा आएकी थिइन् । उनी ६४ करोड भन्दा धेरै मूल्यको सुन र हिराले बनेको पहिरन लगाएर र्‍याम्प वाकमा पुगेकी थिइन्, जसको मूल्यले फ्यानलाई अचम्ममा पारेको थियो ।

प्रतिक्रिया दिनुहोस
सुटुक्क बिहे गर्दै केकी अधिकारी

    धेरै कलाकारहरू छन्, जो आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा

आयो एमालेको अर्काे चर्चित चुनावी गीत (भिडिओसहित)

    पाँच वर्षअघिको स्थानीय चुनावमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वरमा बहुचर्चित

कलाकार भनेका राष्ट्रका अमुल्य गहना हुन : मन्त्री आले

        संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकार भनेका

एमालेले आयोगलाई बुझायो ६ बुँदे ध्यानाकर्षण

    आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा भएका