पाकिस्तानमा बन्दुकधारीद्वारा चार सिया मुसलमानको हत्या



पाकिस्तानको प्रहरीका अनुसार अतिवादीहरुको एक आक्रमणमा परी चार सिया मुसलमान मारिएका छन् ।
दक्षिणपश्चिमी बलुृचिस्तान प्रान्तको क्वेटानजिकै रातभर भएको गोली प्रहारमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका प्रहरी अधिकारी मोहमद खानले सोमबार जानकारी दिएका छन् ।
मारिएका ती सिया मुसलमानहरु अफगानिस्तान र पाकिस्तानमा अल्पसङ्ख्यक मुस्लिमका रुपमा रहेका सिया हजाराका सदस्यहरु रहेको जनाइएको छ ।
यस हत्याको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । पाकिस्तान र अफगानिस्तानमा बारम्बार सुन्नी मुसलमानहरुबाट सिया मुसलमानमाथि आक्रमण हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
यसरी टाट पल्टियो श्रीलंकाको अर्थतन्त्र

    श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंगेले देशको अर्थतन्त्र पूर्णरूपमा टाट पल्टेको घोषणा गरेका

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २५० जनाको मृत्‍यु

    अफगानिस्तानमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म २५० जनाको मृत्‍यु

अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च

    नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी

ढलको पानी र पिसाबबाट बियर

    सिंगापुर सरकारले फोहोर पानीलाई रिसाइकल गर्ने अनौठो तरिका पत्ता लगाएको छ