नेपालद्वारा थाइल्याण्ड २५५ रनले पराजित



एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले थाइलैण्डलाई २५५ रनले पराजित गरेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित क्लव अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि थाइलैण्ड १० ओभरमा मात्र २६ रनमा समेटियो । टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनायो ।

नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ९१ रन बनाए । सतक बनाउनबाट नौ रनले चुकेका साहले ७४ बलको सामना गर्दै पाँच छक्का र ६ चौका प्रहार गरे । प्रनित थापा मगरले ६१ बलमा एक छक्का र तीन चौकासहित ५० रन बनाए । सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, कप्तान दिपेन्द्रसिंह ऐरीले २२, पवन सर्राफले २२ र आसिफ शेखले २१ रन बनाए ।

नेपालको घातक बलिङका सामू थाइलैण्ड निरिह देखियो । कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सन्दिपले सात विकेट लिने क्रममा चार ओभर बलिङ गरी मात्र ६ रन खर्चिए । कप्तान दीपेन्द्रसिंह ऐरी, नन्दन यादव र किशोर महतोले एक–एक विकेट लिए ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले अब सिंगापुर र भुटान विरुद्ध खेल्नेछ । नेपालले बुधबार भुटानसँग र बिहीबार सिंगापुरसँग खेल्नेछ । समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन् । फाइनल पुग्ने टोली यू–१९ एसिया कपका लागि छनोट हुने छन् ।

 

प्रतिक्रिया दिनुहोस
सरकारलाई हस्तान्तरण गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

    धुर्मुस–सुन्तली फाउन्डेसनले हात झिकेपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व भरतपुर

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लाइन काटियो

    आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशाला बारे उपप्रधानमन्त्री पोखरेलको चासो

  उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशालाका विषयमा चासो लिनुभएको

यती समूहका संस्थापक शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

    यती समूहका प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पाको दोस्रो बार्षिक स्मृतिमा यही