चश्मा लगाउनेको संख्या बढ्दै



पछिल्लो समयमा चश्मा लगाउनेको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । भक्तपुर जिल्लामा पनि चश्मा लगाउनेको संख्या बढिरहेको छ ।

अहिलेका बालबालिकाले धेरै समय कम्प्युटर र मोबाइल चलाउने भएका कारण चश्मा लगाउनेको संख्या बढेको जिल्ला सामुदायिक आँखा केन्द्र भक्तपुरका प्रमुख धिरज अधिकारीको भनाइ छ । धुलो धुवाँमा हिँड्ने, लामो समयसम्म टेलिभिजन हेर्ने लगायतका कारण पनि धेरैको आँखामा समस्या देखापरेको छ ।

पन्ध्रदेखि ६० वर्ष उमेर समूहमा विभिन्न खालका रोग देखिने गरेको केन्द्रका प्रमुख अधिकारी बताउनुहुन्छ । आँखाका बारेमा विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविकासहित विभिन्न सरोकारवालामार्फत चेतना फैलाउने कार्य भइआए पनि वातावरणीय प्रभावका कारण पनि आँखाको समस्या बढेको विज्ञहरु बताउँछन् ।

विगतमा फाट्टफुट्ट रुपमा देखिने आँखाका समस्या लिएर अहिले दिनमा ६० देखि ७० जना दैनिकजसो केन्द्रमा आउने गरेका छन् ।

धुलो धुवाँमा हिँडेर घर फर्केपछि आँखालाई पानीमा डुबाएर धुने, प्रशस्त पानी पिउने, जथाभावी औषधिको प्रयोग नगर्ने, कीरा आउने बत्तीको नजिक नबस्ने जस्ता कुरामा ध्यान दिनसके आँखाका रोगबाट बच्न सकिने अधिकारीको भनाइ छ । यही भदौ २७ र २८ गते बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म भक्तपुर ब्रम्हायणी पिठमा निःशुल्क आँखा शिविर आयोजना गर्न लागिएको पनि उहाँले बताउनुभयो ।अधिकारीकाअनुसार सो शिविरमा भेटिएका मोतियाबिन्दुका बिरामीलाई त्यही नै निःशुल्क शल्यक्रिया गरिने गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस
ढलको पानी र पिसाबबाट बियर

    सिंगापुर सरकारले फोहोर पानीलाई रिसाइकल गर्ने अनौठो तरिका पत्ता लगाएको छ

श्रीलंकाका सबै मन्त्रीद्वारा सामूहिक राजीनामा

    दशकौँ यताकै सबैभन्दा चरम आर्थिक सङ्कट व्यवस्थापनप्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका

संसारभरिका मानिसलाई सडकमा उत्रन जेलेन्स्कीको अपिल

    रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति

कसरी टाट फर्कियो श्रीलंका, प्रश्नपत्र छाप्ने कागज किन्ने पैसापनि छैन सरकारसँग

    प्रश्नपत्र छाप्ने कागज खरिद गर्न नसकेर दक्षिण एसियाली मुलुक श्रीलंकाले शनिबार