प्रभावकारी देखिदैछ स्वास्थ्य बीमा



हालै लागू भएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकाअनुसार गाउँ÷गाउँका सर्वसाधारणसमेत बीमाप्रति आकर्षित भएका छन् । रत्ननगर नगरपालिका–१५ स्वास्थ्य बीमा कार्यक्रमकी दर्ता सहयोगी टीका चापागार्इंका अनुसार बीमा गर्न भ्याइनभ्याइ भएको बताउनुहुन्छ ।

रत्ननगर– १५ का एक हजार २०० मध्ये २०० जनाको बीमा गरिसकेको उहाँले बताउनुभयो । उहाँजस्तै जिल्लामा १३५ जना सहयोगी बीमा कार्यक्रमका लागि खटिएका छन् । जिल्लामा असार १ गतेदेखि शुरु भएको दर्ता प्रक्रियामा ३५ हजार ५०० भन्दा बढी नागरिक सहभागि भएका छन् ।

अहिलेसम्म आठ हजार २५० परिवारले बीमा गरिसकेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिकी व्यवस्थापक सिर्जना पौडेललेले जानकारी दिनुभयो । तथ्यांक गाउँ÷गाउँबाट आउन बाँकी रहेको छ । यही भदौ १ गतेबाट यहाँ बीमा सेवा लिन शुरु भइसकेको छ ।

रत्ननगरका स्थानीयवासी होमप्रसाद भट्ट बीमा कार्यक्रम राम्रो भएकाले आफ्नो अन्नपूर्ण टोलका स्थानवासीलाई जागरुक पारेर बीमामा सरिक गर्न लागि परेको बताउनुहुन्छ । आव २०७२÷७३ मा कैलाली, बागलुुङ र इलामबाट शुरु भएको सो कार्यक्रम अहिले चितवनलगायत थप जिल्लामा शुरु भएको हो ।

समितिकाअनुसार बीमा कार्यक्रमअन्तर्गत सर्वसाधारणले अन्तरङ्ग बहिरङ्ग सेवा, शल्यक्रिया सेवा, प्रयोगशाला तथा तोकिएको औषधि बीमा गरेपछि पाउनेछन् । मुख्यगरी न्युनतम पाँच जनाको परिवारले रु दुई हजार ५०० तिरेपछि वर्षभरी बीमा कार्यक्रममा सहभागी हुनपाउने छन् । पाँच जनाभन्दा बढी भएमा प्रतिव्यक्ति रु ४२५ थपेपछि बीमा कार्यक्रममा सहभागि हुनसक्नेछन् । उक्त सेवा अधिकतम रु एक लाखसम्मको हुने पौडेल बताउनुहुन्छ ।

उनीहरुले वर्षभरी फाराम भर्दा तोकेको अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्नेछन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज, क्यान्सर अस्पताल, रत्ननगर अस्पताल, माडीको बघौडा, भरतपुर आँखा अस्पताल तथा जुटपानी, खैरहनी र शिवनगर स्वास्थ्य केन्द्रबाट उक्त सेवा पाइने छ ।

जटिल प्रकारका रोगको उपचार बीमाभित्र नपरेपनि साधारण उपचार र रोग पत्तालगाउने खालका परीक्षण यसमा समावेश छन् । यस वर्ष सरकारले चितवनलगायत देशका २५ जिल्लामा बीमा कार्यक्रम लागू गर्ने बताइएको छ । दैनिक रु ७०० तिर्दा एउटा परिवारले रु एक लाखसम्मको स्वास्थ्य उपचार सेवा पाउने छन् । कार्यक्रममा सहभागी ४० वर्ष कटेकालाई वर्षको एक पटक अतिरिक्त सेवा स्वरुप स्वास्थ्य जोखिम परीक्षण सेवा उपलव्ध छ । सरकारबाट निःशुल्क तोकिएको सेवा भने यथावत् नै रहने छ ।

बीमाका लागि अति गरिबलाई १० प्रतिशत, गरिबलाई ७४ प्रतिशत र सीमान्तकृत गरिबलाई ५० प्रतिशत योगदान रकम छुट छ । सरकारको राष्ट्रिय स्वास्थ्य बीमा नीति २०७१ अनुसार नागरिकको स्वास्थ्य स्थितिमा सुधार ल्याउने दीर्घकालीन लक्ष्य छ । बीमामा कस्मेटिक सर्जरी, कृत्रिम अंग राख्ने, बढी मूल्यका चस्मा तथा सुन्ने यन्त्र, तोकिए बाहेकका दाँत सेवा, कृत्रिम गर्भाधान, लिंग परिवर्तन, झै–झगडापछि लागेको चोट, मादक पदार्थ सेवनपछि भएको दुर्घटना तथा गर्भपतन सेवा उपलब्ध छैन ।

प्रतिक्रिया दिनुहोस
यसरी टाट पल्टियो श्रीलंकाको अर्थतन्त्र

    श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंगेले देशको अर्थतन्त्र पूर्णरूपमा टाट पल्टेको घोषणा गरेका

काठमाडौं महानगरले कुहिने र नकुहिने फोहोर नछुट्याए ५ सय जरिवाना लिने

    काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए कारबाही

बेहोस भएपछि मन्त्री वली अस्पतालमा भर्ना

    लुम्बिनीकी स्वास्थ्यराज्यमन्त्री विमला खत्री वली बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना

काठमाडौंको फोहोर उठाउने १८ बुँदे सहमति

    काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा १८ बुँदे