एक वर्षदेखि तलबविहीन अवस्थामा पढाउँदै शिक्षक



कञ्चनपुरको शुक्लाफाँटा–४ मा रहेको कालिका माध्यमिक विद्यालयलका निजी स्रोतमा कार्यरत शिक्षकले एक वर्षदेखि बिनातलब अध्यापन कार्य गर्दै आएका छन् ।

विद्यालयसँग आर्थिक अभाव हुँदा शिक्षकले तलब पाउन नसकेका हुन् । तलब नपाउनेमा आधारभूत तहका दुई, माध्यमिक तहका एक र एक जना परिचरलेसमेत तलब पाउन नसकेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर चन्दले बताउनुभयो ।

“निजी स्रोतका शिक्षकलाई मात्रै तलबवापत रु १० लाख तिर्न बाँकी छ”– उहाँले भन्नुभयो, “स्रोत कुनै छैन, कहाँबाट जुटाउने समस्यामा परेका छौँ ।” निजी स्रोतका शिक्षकलाई अवकाश दिइए दरबन्दी नहँुदा विद्यालयमा शिक्षकको अभावमा कक्षा नै प्रभावित हुने भएको उहाँले बताउनुभयो ।

निजी स्रोतका शिक्षकलाई तलब दिन मात्रै वार्षिकरुपमा रु १५ लाख आवश्यक पर्छ उहाँले भन्नुभयो, “आर्थिक सहयोग संकलन गरे पनि रु पाँच लाख जति मात्रै उठ्ने अनुमान छ ।” सहयोग रकमसमेत उठ्ने÷नउठने अन्योल छ ।

आधारभूत तहका शिक्षकले गत वर्षको मंसिरदेखि र माध्यमिक तहका शिक्षकले गत वर्षको साउनदेखि तलब नपाएको गुनासो गरेका छन् ।

विद्यालयमा आधारभूत तहमा छ जना र एक जना माध्यमिक तहमा गरी सात जना शिक्षक राहत दरबन्दीमा कार्यरत छन् । विद्यालयमा एक जना शिक्षकमात्रै स्थायी दरबन्दीमा कार्यरत रहेका छन् ।

भवन निर्माणकोसमेत रु तीन लाख तिर्न बाँकी रहेको प्रअ चन्दले बताउनुभयो । यसअघि विद्यालय परिसरमा रहेका रुख बेचेर निजी स्रोतमा कार्यरत शिक्षकको तलब व्यहोरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
सामाजिक उत्तरदायित्व अन्तर्गत बर्नहार्ट कलेजद्धारा कार्यक्रम सम्पन्न

    काठमाण्डौं बर्नहार्ट माध्यमिक बिद्यालय तथा कलेज  (Kathmandu BernHardt Secondary Scholl & College) ले

पाठ्यक्रममा कहाँबाट ईसा आयो : भीम रावल

    एमाले सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउन कार्यमा सरकारको संलग्नताको

कक्षा १२ को परीक्षा आजदेखि, चार लाखभन्दा बढी विद्यार्थी सहभागी

    कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा परिवर्तित समयअनुसार

एसईई परीक्षा सुरु, ५ लाख १४ हजार परीक्षार्थी

    माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ