‘इन्द्रध्वजोत्थान’ गरी इन्द्रजात्रा शुरु



भाद्र शुक्ल द्वादशीका दिन आज हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएको छ ।

‘इन्द्रध्वजोत्थान’का क्रममा लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । लिङ्गो ठड्याइएपछि वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा पर्व शुरु हुन्छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखालगायत स्थानमा मनाइन्छ । यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउन प्रचलन रहिआएको छ ।
पौराणिक कथानुसार स्वर्गलोकका इन्द्र आफ्नी आमाले सुरु गरेको तिलाव्रतलाई आवश्यक पालिजाःस्वाँ ९पारिजातको फूल० टिप्न मत्र्यलोक आएका हुन्छन् । एक मालीको बगैंचामा फुलेको फूल चोरेर लैजानै लाग्दा स्थानीय बासिन्दाले इन्द्रलाई चोरको आरोपमा सिँल्यं सतः ९काष्ठमण्डप निर्माणपछि बचेको काठबाट निर्मित सत्तल० अगाडि सजायँस्वरुप बाँधेर राख्छन् । पछि राजा र स्थानीय बासिन्दाले उनी इन्द्रदेव भएको थाहा पाउँछन् र ससम्मान जात्रा गरी स्वर्ग फकाईदिन्छन् । त्यसै बेलादेखि इन्द्रजात्रा शुरु भएको किंवदन्ती छ ।

भाद्र शुक्ल द्वितीयाका दिन तान्त्रिक विधिसहित पूजा गरी काभ्रेको नालास्थित जङ्गलमा छाडिएको बोकाले छोएको रूख काटिन्छ । रुख काटिएपछि काठमाडौँ उपत्यका भित्र्याउन साइत हेरिन्छ । उपत्यका भित्र्याइएपछि एक रात भोटाहिटीमा राखी भाद्र शुक्ल एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पारिन्छ । लिङ्गो तयार पार्नेलगायत जात्रा व्यवस्थापनको काम गुठी संस्थानले गर्छ । लिङ्गो ठड्याउने काम भने मानन्धरको समूहले गर्ने परम्परा छ ।

इन्द्रजात्रा आजदेखि शुरु भए पनि यो पर्वको मुख्य दिन भने भाद्र शुक्ल चतुर्दशी अर्थात् अनन्त चतुर्दशी हो । इन्द्रध्वजाको लिङ्गो ठड्याइएपछि शुरु हुने जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याइएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । “भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको छ”, उहाँले भन्नुभयो ।

इन्द्रजात्रा पर्वका अवसरमा भाद्र शुक्ल चतुर्दशीका दिन राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट ती रथयात्रा नजर गर्ने परम्परा थियो । चतुर्दशीका दिन काठमाडौँको पश्चिम भेगमा पर्ने दहचोकमा रातभर जाग्राम बसी इन्द्र दहमा स्नान गर्ने चलन छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओलीको शरणमा वामदेव गौतम

    नेकपा एकता राष्ट्रिय अभियान पार्टीको अध्यक्ष बनेका वामदेव गौतम एमाले अध्यक्ष

म पुरानो डाइभर हुँ नि : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली धान रोपाईंमा सहभागी हुुनुभएको

प्रभु बैंक र फोकसवान पेमेण्ट सोलुसन्सबीच सम्झौता

      प्रभु बैंक लि. र फोकसवान पेमेण्ट सोलुसन्स् प्रा.लि. का विच

विवादित मन्त्री विमलाले दिइन् राजीनामा

    लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्