घरघरैमै गएर बिरामीको उपचार



गोरखाको धार्चे गाउँपालिका–३ उहियाको खोर्लाका २०० घरधुरीमा रहेका मौसमी रुघाखोकी र ज्वरोका बिरामीको उपचार शुरु गरिएको छ ।

उहिया स्वास्थ्य चौकीका तीनजना स्वास्थ्यकर्मीले घरघरै पुगेर बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि उपलब्ध गराउन थालेका हुन् ।

शनिबार २५० जना बिरामीको उपचार गरिएको जनस्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीले जानकारी दिनुभयो । दानीले भन्नुभयो, “बिरामी स्वास्थ्य चौकी नआउने, बिरामी खोज्दै स्वास्थ्यकर्मी गाउँ–गाउँ, घर–घर पुग्नुपर्ने बाध्यता छ ।” धार्चे–३ का वडाध्यक्ष इन्द्रप्रसाद गुरुङले टहरोमा बस्दै आएका करिब २०० गाउँले रुघाखोकी, ज्वरोबाट बिरामी रहेको बताउनुभयो ।

स्वास्थ्य चौकीमा पर्याप्त औषधि छैन । वडाध्यक्ष गुरुङका अनुसार स्वास्थ्य चौकी प्रमुखले सदरमुकामबाट औषधि ल्याएको भए पनि खच्चडबाट ढुवानी गर्नुपर्दा गाउँसम्म ल्याइपु¥याउन सकिएको छैन । उहियामा सडक पहुँच छैन । सामग्री ढुवानीका लागि मान्छे वा खच्चडको भर पर्नुपर्छ । खोर्लाबाट सात घण्टाको दूरीमा स्वास्थ्य चौकी रहेको छ ।
यसअघि बारपाकमा मौसमी रुघाखोकी, ज्वरो र निमोनियाका कारण ६०० भन्दा बढी बिरामी परेका थिए । अहिले बारपाकमा सिजनल फ्लुको महामारी नियन्त्रणमा आइसकेको चिकित्सकले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
यसरी टाट पल्टियो श्रीलंकाको अर्थतन्त्र

    श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंगेले देशको अर्थतन्त्र पूर्णरूपमा टाट पल्टेको घोषणा गरेका

काठमाडौं महानगरले कुहिने र नकुहिने फोहोर नछुट्याए ५ सय जरिवाना लिने

    काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए कारबाही

बेहोस भएपछि मन्त्री वली अस्पतालमा भर्ना

    लुम्बिनीकी स्वास्थ्यराज्यमन्त्री विमला खत्री वली बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना

काठमाडौंको फोहोर उठाउने १८ बुँदे सहमति

    काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा १८ बुँदे