बाढीमा परी ४० को मृत्यु



पश्चिम अफ्रिकी मुलुक नाइजरको राजधानी नायमी लगायतका देशका अन्य भागमा परेको मुसलधारे बर्षाका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

नागरिक सुरक्षा तथा विपद् व्यवस्थापन विभागका महानिर्देशक कर्नेल अवाउबाकर बाकोले मङगलबार दिउको जानकारी अनुसार नायमीमा सोमबार परेको मुसलधारे बर्षाका कारण आएको बाढीले सयौँ घरहरू बगाएपछि हजारौँ मानिस विस्थापित भएका छन् । उत्त क्षेत्रमा गत शनिबारदेखि शुरु भएको बर्षा मङ्गलबार पनि जारी रह्यो ।

गवाउगौरा गाउँ प्रमुख सालेय अव्दाउहेले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई खतरामुक्त क्षेत्रमा रहेका विद्यालयमा शिविर बनाई बस्न आग्रह गर्नुभएको छ ।

सरकारले बाढी प्रभावित नागरिकलाई खाद्यान्न वितरण गर्ने व्यवस्था मिलाएको बाकोले बताउनुभयो । उक्त क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले बास तथा तत्काल पु¥याउनुपर्ने आधारभूत सेवाको लागि काम गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
साउदीमा एक नेपालीलाई मृत्युदण्ड

    साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । साउदीमा १५ वर्षदेखि

आजदेखि कस्ता मोबाइल चल्ने, कस्ता नचल्ने ?

  मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस आजदेखि लागू हुँदैछ । विदेशबाट अवैध रुपमा

दिगो विकासको लक्ष्य भेट्टाउन नेपाललाई ९० बिलियन डलर आवश्यक : प्रधानमन्त्री देउवा

    नेपाललाई दिगो विकासको लक्ष्य भेट्टाउन ९० बिलियन अमेरिकन डलर चाहिने प्रधानमन्त्री

लगभग सकिएको सपनाहरूमा आत्मविश्वासले गर्दा पाएको सफलता

    यो एक जवान नेपाली बालिकाको पूर्ण दृढ संकल्प, सपना र शक्तिको