कैद भुक्तान गरिरहेका विदेशी नागरिकको क्यान्सरका कारण मृत्यु



चितवनको भरतपुर कारागारमा कैद भुक्तान गरिरहेका विदेशी नागरिकको क्यान्सर रोगका कारण आज बिहान मृत्यु भएको छ ।

खोटा चलन नक्कली ( पैसासम्बन्धी) मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७० वैशाख २ गते दोषी ठहर गरी कारागार चलान भएकी पाकिस्तानी नागरिक जुलेखा बानोको आज बिहान ७ बजे मृत्यु भएको भरतपुर कारागारका जेलर कमल काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्तन क्यान्सरबाट पीडित बानोको उपचारकै क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । पासपोर्ट नम्बर ए ३३७९५१८१ रहेकी उनको २०७६ वैशाख १ गतेसम्मका लागि कैद तोकिएको थियो ।

क्यान्सर भएपछि उपचारका लागि भन्दै उनलाई गएको फागुन ७ गते केन्द्रीय कारागार काठमाडाँैबाट चितवन ल्याइएको थियो । यसअघि विराटनगर घर भएका ४२ वर्षीया अम्बिका कामतको स्तन क्यान्सरकै कारण गत साउन १९ गते मृत्यु भएको जिल्ला कारागार चितवनले जनाएको छ ।

यस्तै साउन १३ गते मकवानपुर हाँडीखोला घर भएका ४७ वर्षीय कैदी सीताराम विकको पनि कलेजोको क्यान्सरका कारण मृत्यु भएको काफ्लेले जानकारी दिनुभयो । गत चैत दोस्रो साता सिन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेलको क्यान्सर रोगका कारण मृत्यु भएको थियो ।

भरतपुर कारागारमा अब एकजना क्यान्सर रोग लागेका कैदी छन् । कारागारमा अहिले पनि क्षमताभन्दा तेब्बर बढी कैदी र थुनुवा छन् ।

 

प्रतिक्रिया दिनुहोस
यसरी हुन सक्छन् एमाले–माओवादीको केन्द्रदेखि प्रदेशसम्म सरकार

    नेकपा माओवादी केन्द्रले सरकार गठनबारे सबै विकल्प खुला राख्ने निर्णय लिएपछि

यी हुन् एमालेबाट चुनिनसक्ने समानुपातिकका सांसदहरू

    ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम अन्तिम

बागबजार क्षेत्रका व्यवसायी पार्किङ माग गर्दै आन्दोलनमा

  सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिएका छन्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिनभर प्रभावित

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार) क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान हुँदैछ। थाइल्याण्डको