तीन हजारले स्वास्थ्य बीमा गरे



बैतडीमा स्वास्थ्य बीमा गर्नेको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढेको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला प्रबन्धक जनक साउदले बताउनुभयो ।

गतबर्ष पुस ७ गतेदेखि बैतडीमा स्वास्थ्य बीमाको दर्ता प्रक्रिया शुरु भएकोमा २०७३ फागुनबाट सेवा दिने काम शुरु भएको थियो । हालसम्म तीनहजार २७ जनाले स्वास्थ्य बीमा गरेको साउदले जानकारी दिनुभयो । पाँच जनासम्मको परिवारले रु दुईहजार ५०० तिरेमा रु ५० हजारसम्मको उपचार निःशुल्क गर्ने गरिएको छ ।

सूचीकृत अस्पतालमा मात्रै निःशुल्क उपचार हुने उहाँले बताउनुभयो । पाँच जनाभन्दा बढी संख्या भएको परिवारका लागि रु ४२५ का दरले थप शुल्क लाग्ने बताइएको छ ।

जिल्लामा स्वास्थ्य बीमा गरेकामध्ये ३२७ जनाले सेवा समेत लिइसकेका छन् । स्वास्थ्य बीमाअन्तर्गत शुरुमा ५३० प्रकारका औषधि निःशुल्क रुपमा दिने व्यवस्था गरिएको भए पनि अहिले ९२८ प्रकारका औषधि निःशुल्क प्रदान गर्ने गरिएको साउदले बताउनुभयो । स्वास्थ्य बीमाका लागि जिल्लाभरि दर्ता सहयोगी रहेको सामाजिक सुरक्षा विकास समिति बैतडीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नेपालको सफल अर्थमन्त्री सुरेन्द्र पाण्डेले गर्नुभएका यस्ता छन महत्त्वपूर्ण कामहरु

    सुरेन्द्र प्रसाद पाण्डेको जन्म बि. स २०१७ साल धादिङ जिल्लाको तत्कालीन

लगानीकर्तालाई सरकारले निःशुल्क जग्गा दिनुपर्छ : सुरेन्द्र पाण्डे

    नेकपा एमालेका उपाध्यक्ष एवम् चितवन क्षेत्र नं. १ का एमाले उम्मेदवार

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

    अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) हालसम्मकै कमजोर बनेको छ । अमेरिकी

नेपालले विश्व बैंकबाट ३५ अर्ब ऋण लिने

  सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर)सहुलियत ऋण लिने भएको