आखिर के छ सन्नी लियोनको यो तस्विरमा, लाखौँ समर्थक क्षणभरमा झुम्मिए !



 

बलिउड अभिनेत्री सन्नी लियोनको एक अवतारले सबैलाई हैरान बनाएको छ । उनी पछिल्लो समय सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनी आफ्नो निजी जीवनसँग सम्बन्धित कुराहरु सामाजिक सञ्जालमार्फत फ्यानहरुका लागि साझा गर्दै आएकी छिन् ।

कोरोना महामारीपछि उनी केही समयको लागि अमेरिकामा थिइन् । झण्डै ६ महिना लामो अमेरिका बसाई सकेर उनी भर्खर मुम्बई फिर्ता भएकी छिन् । उनले यो खबर आफ्ना फ्यानहरूसँग साझा गर्दै इन्स्टाग्राममा एक तस्वीर पनि राखेकी छिन् । उडानको समयमा क्लिक गरिएको तस्वीर अहिले निकै भाइरल भइरहेको छ ।

उनी तस्वीरमा कालो टीशर्ट र कालो स्वेटशर्ट लगाएको देखिन्छ र आफ्नो कपाल खुला राखेकी छिन् । सन्नी लियोनलाई अनुहारमा कालो मास्क र कोरोना सुरक्षा गियर (चश्मा) लगाएको देखिन्छ ।

सन्नीको यो लुक एकदम राम्रो देखिएको छ । उनले चित्रको क्याप्शनमा उनले आफु ६ महिना पछि घर (भारत) फर्किएको बताएकी छिन् । क्याप्शनमा उनले लेखिन्, ‘६ महिना पछि अब घर मुम्बई फर्कने समय आएको छ । नयाँ साहसिक कार्य’ उनको यो तस्वीरलाई लाखौँ व्यक्तिहरुले मन पराएका छन् ।

सन्नी लियोन आफ्ना पति डेनियल वेबर र बच्चाहरूको साथ अमेरिकाको लागि प्रस्थान गरेकी थिइन् । भारतमा लकडाउन नखुल्दासम्म उनी अमेरिकामा नै बस्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस
ललितपुर–३ का नागरिक समाजले भने : धन्यवाद अध्यक्ष ओली ज्यु

    युवा नेतालाई ललितपुर–३ प्रतिनिधि र प्रदेश सभा सदस्यमा टिकट दिएकोमा ललितपुर

साउदीमा एक नेपालीलाई मृत्युदण्ड

    साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । साउदीमा १५ वर्षदेखि

मोडल गणेशमान घलेको ‘सोल्टीनी क्या राम्री’ बजारमा

    मोडल तथा नायक गणेशमान घलेले अभिनय गर्नु भएको ‘सोल्टीनी क्या राम्री’

श्वेता खड्कालाई पुत्रीलाभ

    अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ । मंगलबार अपरान्ह ग्रान्डी सिटी