प्रविधियुक्त शिक्षा प्रणालीमा जोड गर्नुपर्छः ज्ञवाली



नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले देशलाई समृद्धिमा लैजान शिक्षाको रुपान्तरण आवश्यक रहेको औँल्याउनुभएको छ ।

अनेरास्ववियुले आज यहाँ आयोजना गरेको ‘समृद्धिको लागि विज्ञान, प्रविधि, उद्यमशीलता र रोजगार’ विषयको विचारगोष्ठीमा उहाँले अहिलेको विज्ञान र प्रविधिको युगमा शिक्षा प्रणालीमा परिवर्तन गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रा डा रामेश्वर अधिकारीले शिक्षामा विज्ञान र प्रविधिको प्रयोगसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै विज्ञान र प्रविधिको सही प्रयोग भएमा मुलुकले चाँडै समृद्धि हासिल गर्ने बताउनुभयो । अनेरास्ववियुका अध्यक्ष नवीना लामाले प्रविधि शिक्षालाई जोड दिई दक्ष जनशक्ति उत्पादन गर्न सरकार लाग्नुपर्ने धारणा राख्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
म्यादी प्रहरीमा भर्ना हुनेको घुइँचो, आवेदन दिनेमा आमाहरू देखि डिग्री होल्डर सम्म

  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना

नेपाल विद्यालय कर्मचारी परिषद आन्दोलनमा

    देशभरका ४० हजार विद्यालय कर्मचारी माथि सरकारले ध्यान नदिएको भन्दै नेपाल

एकाबिहानै मापसेमा स्कुलका बसचालकहरु

    पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा चल्ने स्कुल बसहरूमा ट्राफिक निगरानी बढाइएको

यसरी हेर्न सकिन्छ एसइईको नतिजा

    राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज