टाइफाइड भएपछि स्वास्थ्यमन्त्री पोखरेल वीर अस्पताल भर्ना



स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल टाइफाइड भएपछि उपचारका लागि आज वीर अस्पताल भर्ना हुुनुभएको छ ।

वीर अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेतले मन्त्री पोखरेललाई टाइफाइड भएको र निमोनियाको पनि लक्षण देखिएको जानकारी दिनुभयो । उहाँलाई घाँटी दुख्ने, रुघाखोकी र छातीमा समेत समस्या देखिएको छ । उहाँले भन्नुभयो, “आत्तिहाल्नुपर्ने अवस्था नरहे पनि पूर्णरुपमा आरामको जरुरी छ, करिब तीन दिन अस्पतालमा नै उपचार गराउनुपर्छ, उपचार शुरु गरी औषधि सुरु भइसकेको छ ।”

वीर अस्पतालका वरिष्ठ फिजिसियन डा सुरेन्द्र श्रेष्ठ मन्त्री पोखरेलको उपचारमा संलग्न हुुनुहुन्छ । वर्षापछि आएको बाढीपछि राहत र उद्धारका लागि तराई पुग्नुभएका मन्त्री पोखरेल एक सातादेखि नै अस्वस्थ भएकाले चिकित्सकको निगरानीमा हुुनुहुन्थ्यो ।

उहाँका प्रेस संयोजक सरोज ढुंगेलले चिकित्सकको निगरानी रही औषधि सेवन गरेपछि समस्या बढ्दै गएपछि आज दिउँसो अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
प्रचण्ड पत्नी सीता दाहाल आईसियुमा

    नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्वस्थ हुनुभएको

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार

    कपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो