प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओली भोलि शुक्रबार मध्यान्ह साढे १२ बजे थाइल्याण्डको राजधानी बैंकका जाने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला ओली उपचारका लागि त्यहाँ प्रस्थान गर्न लागेका हुन् ।
उपचारका लागि जान लागेको एमालेले विज्ञप्तिमार्फत जनाएको छ ।
बैंककमा नियमित उपचार गराउँदै आएका ओली केही महिना अगाडि पनि नियमित उपचार गरेका थिए । उनलाई बैंककमा रअका अधिकारी भेट्ने गरेको आरोप पनि लाग्दै आएको छ । तर त्यसलाई ओली र एमालेले खण्डन गर्दै आएको छ।