सुरक्षाबलको कारबाहीमा ४५ तालिबान मारिए



अफगानिस्तानको पूर्वी प्रान्त नुरिस्तानमा अफगान सेनाको कारबाहीमा परी ४५ तालिबान मारिएका छन् ।

तालिबान आतङ्ककारीले अफगान सेनामाथि गरेको आक्रमणको जवाफी कारबाहीको क्रममा कम्तीमा ४५ जना आतङ्ककारी मारिएका अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।

सो कारबाहीका क्रममा आतङ्ककारीका सातजना कमाण्डर पनि मारिएका सो मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नुरिस्तान प्रान्तको वेगाल जिल्लामा सयौँको सङ्ख्यामा आएका तालिबान आतङ्ककारीले गरेको आक्रमणको क्रममा सुरक्षाबलसँग भएको दोहोरो भिडन्तको क्रममा ४५ आतङ्ककारी मरिनुको साथै अन्य ५० जना घाइते भएका थिए ।

तालिबान आतङ्ककारीको आखडा खोजेर अफगान सेनाले हवाई आक्रमण गर्ने गरेको छ । सो कारबाहीमा पछिल्लो समय कैयौँ तालिबान मारिएका छन् ।

मन्त्रालयले यस कारबाहीमा सुरक्षा बलतर्फ कुनै हताहत भएको विवरण प्राप्त नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
नास्टले माघ १० गते राष्ट्रिय नवप्रवर्तन सम्मेलन गर्ने

    नेपालमै पहिलो पटक राष्ट्रिय प्रवर्तन सम्मेलन आयोजना हुने भएको छ। नेपाल

चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश

    बिकिनी किलरका नाममा परिचित चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश

साउदीमा एक नेपालीलाई मृत्युदण्ड

    साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । साउदीमा १५ वर्षदेखि

श्वेता खड्कालाई पुत्रीलाभ

    अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ । मंगलबार अपरान्ह ग्रान्डी सिटी