तपाई धनी की गरिब, सरकारले धनी गरिब छुट्टाएर दिदैछ परिचयपत्र



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।
मूख्यत गरिबलाई परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले अनसनरत डा गोविन्द केसीसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन गरेको छ ।

बिहिवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले केसीसँग वार्ता गर्न शिक्षा, स्वास्थ्य र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने गरी तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । बैठकमा सहभागि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद् बैठकले गरीबलाई परिचयपत्र वितरण गर्ने निर्णय पनि गरेको छ ।
अर्थमन्त्री कार्कीका अनुसार पहिलो चरणमा २५ जिल्लाका १२ लाख २४ हजार ४ सय परिवारमध्ये ३ लाख ९१ हजार ८ सय ३१ गरीब परिवारलाई परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

    शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा

मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने