भैरब रिमालको जय भोली भन्ने निबन्ध जस्तै भएको छ,भरतपुर प्रकरण। भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा भोलि पनि सुनुवाई हुने भएको छ ।
न्यायाधिश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा परेको यो रिट आज पनि हेर्दा हेर्दैमा राखिएको छ । आज बहस नसकिएकाले रिटलाई हेर्दा हेर्दैमा राखिएको र भोलि पनि सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ । मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुन मतदान गराउने निर्णय गरेको थियो ।