विद्यालयमा आगलागी



कपिलवस्तु । जिल्ला सदरमुकाम तौलिहवाको धनौराटोलस्थित एचडी मेमोरियल विद्यालयमा आज दिउँसो आगलागी भएको छ ।

विद्यार्थी परीक्षा दिन विद्यालयमा उपस्थित भएका बेला अचानक भएको आगलागीका कारण विद्यार्थीमा भने कुनै क्षति भएको छैन । विद्यालय भवनसँगै रहेको बिजुलीको पोलमा विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

विद्यालयको पहिलो तल्ला पक्की भए पनि माथिल्लो तल्लाको छानो खरले छाएका कारण विद्युत चुहिएर खरको छानोबाट आगलागी शुरु भएको हुनसक्ने प्रहरीले बताएको छ । आगलागीबाट विद्यालय भवनका डेक्स बेन्चलगायतका फर्निचर जलेर नष्ट भएका छन् ।

आगो नियन्त्रणका लागि कपिलवस्तु नगरपालिकाबाट आएका दमकलले पानी फ्याक्न नसक्दा फर्केका थिए । आगलागीको खबर पाउनासाथ घटनास्थल पुगेको पहिलो दमकल पानी नभएका कारण फर्केको थियो भने दोस्रो अत्याधुनिक भनिएको दमकलबाट पानी निकाल्न प्राविधिक ज्ञानको अभावका कारण दमकल फर्केको थियो ।

आगोलागीमा भेला भएका सर्वसाधारण दुईवटा दमकल आए पनि आगो नियन्त्रणमा कुनै उपयोग नभएका कारण दमकल कर्मचारीप्रति आक्रोशित बनेका थिए । आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
फ्रान्सेली नागरिक चार्ल्स शोभराज आजै  स्वदेश फर्कने

    सर्वोच्च अदालतकाे आदेशपछि  कैदमुक्त भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आजै  स्वदेश

चार्ल्स शोभराजलाई देश निकालाको तयारी

    सर्वोच्च अदालतको आदेशपछि जेलमुक्त हुन लागेका कुख्यात अपराधी चार्ल्स शोभराजलाई मुलुकबाट

चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश

    बिकिनी किलरका नाममा परिचित चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश

विश्वकप २०२२ को उपाधि अर्जेन्टिनालाई

    साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२