स्थानीय तहको दोश्रो चरणको चुनाबको नतिजा आउने क्रम जारी छ। एकाध बाहेक अन्यत्रको सबै नतिजा आइसकेको छ। दोस्रो चरणकाको चुनावमा उठेका र जितेका केहीको नामले यतिबेला खुब चर्चा पाएको छ। त्यसरी चर्चा पाउने नामहरुमा लुटवहादुर रावत,जग्गाप्रसाद पाण्डे,पोतिलाल चौधरी,मालपानी घिमिरे,भूलिया राना,बिर्सना पौडेल छन्। लुटबहादुर कोहलपुर नगरपालिकाका मेयरका बिजयी उम्मेदवार हुन् ।
स्थानीय तहको दोस्रो चरणको मतदानमा आफैंलाई भोट नदिने उम्मेदवार पनि भेटिएका छन् । निर्वाचनमा उठेका अन्य उम्मेदवारले क्षेत्रभरीका मतदातालाई आफ्नो चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका थिए । तर केही उम्मेदवारले भने आफैंलाई पनि भोट दिएनन् ।
आफैंलाई भोट नदिने उम्मेदवार हुन् इटहरी उपमहानगरपालिकाकी उपमेयर पदकी उम्मेदवार रुझा घिमिरे । चुरेभावर पार्टीकी उम्मेदवार घिमिरेको पक्षमा एक मत पनि नखसेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको हो । घिमिरेलाई अरु मतदाताले त मत दिएनन् नै तर घिमिरे आफूले मात्र आफैंलाई मतदान गरेको भए उनको मत संख्या कम्तीमा एक हुन्थ्यो । तर उनको मतसंख्या शुन्य भयो ।
घिमिरेले आफैंलाई मत दिएको तर त्यो मत बदर भएको भन्ने अड्कल पनि काटिएको छ । यदि यसो भएको अनुमान गर्दा पनि उम्मेदवारको योग्यतामै प्रश्न उठेको छ । मतदान गर्ने सही तरिकासमेत नजान्ने उम्मेदवारले सिंगो नगरको व्यवस्थापनको जिम्मेवारी उठाउन सक्ने वा नसक्ने भन्ने विषयमा पनि बहस भएको छ । आफैलाई सहि तवरले मतदान नगरे पछि उनको खुब आलोचना भएको छ।