पोखरामा खेलकुदको राजधानी बनाउने गरी बजेट विनियोजन



पोखरा । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुदको राजधानी बनाउने गरी बजेट विनियोजन गरिएको बताउनुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव दाहालले खेलकुदका पूर्वाधार निर्माणमा पोखरा रङ्गशाला मन्त्रालयको प्राथमिकता परेको जानकारी दिनुभयो ।

सन् २०१९ मा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिताका पाँचदेखि छ खेल पोखरामा गरिन लागेको र खेलकुद सुरु गर्नुभन्दा अघि नै त्यसका लागि सुरु गरिएका पूर्वाधार सम्पन्न गरिने विचार व्यक्त गर्दै सचिव दाहालले समग्र खेलकुदको लागि राज्यबाट वार्षिक रु दुई अर्ब २४ करोड मात्रै छुट्टाइनु ज्यादै न्यून भएको जिकिर गर्नुभयो ।

उहाँले पोखरा रङ्गशालाको पूर्वाधार विकासका लागि मन्त्रालयले रु तीन करोड ५० लाख छुट्टाएको बताउनुभयो । क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रङ्गशालाको हातामा मिडिया सेन्टर निर्माणका लागि रु २० लाख विनियोजन भएको जानकारी गराउनुभयो ।

मञ्चका जिल्ला अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव रञ्जन अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
छिट्टै खेलमा फर्किन्छु : सन्दीप लामिछाने

    नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले अब छिटै खेलमा फर्किने बताएका

क्रिकेटर सन्दीप लामिछाने रिहा

    नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी बुझाएर रिहा भएको छन्

सन्दीप लामिछाने राष्ट्रिय टीममा फर्किने बाटो खुला

    क्रिकेटर सन्दीप लामिछानेको रिहाइ प्रक्रिया सुरूसँगै उनका वकिल सरोजकुमार घिमिरेले क्याप्टेनमा

विश्वकप २०२२ को उपाधि अर्जेन्टिनालाई

    साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२