भूकम्प प्रभावितका लागि जग्गा दान



रसुवा । भूकम्प प्रभावितकोे बसोबासका लागि यहाँका एक दाताले निःशुल्क रुपमा जग्गा प्रदान गरेका छन् ।

गोसाइँकुण्ड गाउँपालिका वडा नं ३ बृद्धिम गाउँका ३३ वर्षीय टासी तामाङले रु ३८ हजार मूल्य बराबरको चार आना जग्गा सोही क्षेत्रकी छिरिङ पाल्मु तामाङलाई निशुल्क रुपमा प्रदान गर्नुभएको हो ।

किता नं ३७९ र रजिस्ट्रेसन नं १६०१ को उक्त जग्गा बकसपत्र मार्फत प्रदान गर्नुभएको मालपोत कार्यालय, रसुवाका प्रमुख गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

छिरिङ पाल्मुको साविक बसोबास गरेको स्थान भूकम्पपछि जोखिम बढ्दै गएकाले सेवा नै परम धर्म भन्ने भावनाका साथ बकसपत्रमार्फत घडेरी दान गरेको जग्गादाता टासीले बताउनुभयो ।

बसोबासमा समस्या परेका व्यक्तिलाई सबैले सहयोग गर्नु ठूलो धर्म हो, मरेपछि साथमा केही जाँदैन, बाँचुन्जेल सबैसँग मित्रभाव गरेर अगाडि बढ्न सबैमा उहाँले आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
रेमिट्यान्स बढ्यो, सोधानान्तर स्थिति बचतमा

    चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ८५ अर्ब ८ करोड

रास्वपाका तीन मन्त्रीको राजीनामा स्वीकृत

    राष्ट्रिय स्वतन्त्र पार्टीका तीनमन्त्रीको राजीनामा स्वीकृत भएको छ । श्रम, रोजगार

ओली, प्रचण्ड र देउवाबीच सिंहदरबारमा छलफल

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका अध्यक्ष केपी शर्मा ओली र

 राष्ट्रियसभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्याल निर्विरोध

    राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन्