पहिलो चरणको स्थानीय निकायको चुनावमा पहिलो बनेको नेकपा एकाले दोस्रो चरणको निर्वाचन परिणम आउन शुरु भएसंगै पहिलो चरणमाझै एमालेले विजयी शुरुवात गर्न थालेको छ । हिजो भएको निर्वाचनको जारि मत गणनामा आज विहान ९ बजे सम्म एमालेले चार स्थानमा जित हासिल गरेको छ ।
वैतडीको पंचेश्वर गाँउपालिका १ मा एमालेका कर्ण चन्द वडाअध्यक्षमा ४९२ मत ल्याएर बिजय भएका छन् ।बाजुराको गहुमुल गाँउपालिकामा–६ एमालेका प्रकाश रोकाय २८८ मत ल्याएर वडाअध्यक्षमा विजय भएका छन् ।
बझाङको मस्टा गाउँपालिकाका दुई वडामा एमालले जित निकालेको छ । वडा नम्बर १ मा एमालेका राजेन्द्र खड्काको प्यानल बिजयी भएको छ । वडा नम्बर ७ मा पनि एमालेका बमबहादुर बोहोराको प्यानल विजय भएको छ ।
यसैगरी झापाको कमल गाउँपालिकामा पनि एमालेले अग्रता लिएको छ । एमालेकी मेनका काफ्लेले ८९ मतसहित अग्रता लिएकी छिन् ।