विद्युत् प्राधिकरणबाट निःशुल्क मिटरको व्यवस्था



इलाम । आर्थिक समस्यामा परेर विद्युत् मिटर लिनबाट वञ्चित दलित समुदायका लागि नेपाल विद्युत् प्राधिकरणले निःशुल्क मिटर दिनका लागि आवेदन खुल्ला गरेपछि मिटरका लागि डेढ सयभन्दा बढीले आवेदन दिएका छन् । प्राधिकरणले ‘दलितलाई मिटर’ कार्यक्रममार्फत मिटरका लागि आवेदन खुल्ला गरेको हो ।

नेपाल विद्युत् प्राधिकरण इलामका प्रमुख सीताराम सिग्देलका अनुसार दलित समुदायले आर्थिक समस्याले वा अन्य विभिन्न कारणले विद्युत् मिटर लिनबाट वञ्चित भएकाले निःशुल्क मिटर कार्यक्रम ल्याइएको हो । “मिटर जडान गर्ने इच्छा भएर पनि मिटर राख्न नसकेकाका लागि यो कार्यक्रम राखिएको हो,” प्राधिकरण प्रमुख सिग्देलले रासससँग भन्नुभयो ।

सिग्देलका अनुसार तोकिएका दलित समुदायलाई निःशुल्क मिटरसहित कालो तार र मिटर बाकस दिने प्रावधान छ । प्राधिकरणका अनुसार चालु आवमै सबै दलित समुदायका व्यक्तिलाई निःशुल्क मिटर दिइनेछ ।

जिल्लामा गत वर्ष विभिन्न समस्याले विद्युत् मिटरको अभाव थियो । त्यसैकारण ग्राहकको मागअनुसार मिटर दिन नसकिएको प्राधिकरणले जनाएको छ ।

कार्यालयका अनुसार भारतीय नाकाबन्दीले गर्दा मिटर आयात शून्य भएपछि जिल्लामा मिटर माग गर्ने ग्राहकको सङ्ख्या बढेको थियो । यस वर्ष भने मिटरको समस्या छैन ।

प्रतिक्रिया दिनुहोस
अमेरिक र चीनबीच विवाद, यस्तो छ लफडा

    अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पोलोसीको चीन भ्रमणलाई लिएर कूटनीतिक विवाद

लोग्नेलाई बेस्या भन्दै श्रीमतीले दलिन् कालोमोसो

    आफूलाई पत्रकार दावी गर्ने दिनेश कार्की त्यही चौरमा चिया पिएर बसेका

प्रदर्शनकारीले इराकको संसद भवन कब्जा गरे

    इराकमा प्रदर्शनकारीहरूले संसद भवनमा कब्जा गरेका छन् । धर्मगुरु मुक्तदा अल-सदरका

स्पेनमा तातो हावाका कारण १० दिनमा ५ सय जनाको मृत्यु

    अत्यधिक गर्मीका कारण स्पेनमा १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु