एभरेष्ट बैंकको सेयर २८ गतेबाट खुल्ला, हेर्नुहोस् कहाँ-कहाँबाट पाईन्छ आवेदन दिन !



काठमाडौं । एभरेष्ट बैंकले ५० लाख ८८ हजार ८७ कित्ता सेयर असार १८ गतेदेखि खुला गर्ने भएको छ । बैंकले ३ः१ अनुपातमा ३३.३३५ हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

बैंकले १०० रुपैयाँ अंकित मूल्यको १ करोड ५० लाख ८८ हजार ८७ कित्ता बिक्री गर्न लागेको हो । यो हकप्रद सेयर साउन २२ गतेसम्म भर्न पाइनेछ । एभरेष्टको हकप्रदमा असार ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

यसको बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्स लजिम्पाट, काठमाडौंबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ । त्यसैगरी एभरेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौं तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी पुर्याउने अभियानमा रहेको एभरेष्टले ३३.३३५ हकप्रद ल्याएको हो । यसअघि बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ७०५ बोनस सेयर पनि दिइसकेको छ । यसबाहेक बैंकले मर्ज र एक्वायरको विकल्प पनि खुला राखेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्टको चुक्ता पुँजी ४ अर्ब ६० करोड ६४ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड ५२ लाख ३४ हजार ४०० रुपैयाँ हुनेछ । तेस्रो त्रैमासमा बैंकले १ अर्ब ५८ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एभरेष्टको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ४ पैसा छ ।

प्रतिक्रिया दिनुहोस
सानिमा बैंकले लियो २ करोड अमेरीकी डलर ऋण

    सानिमा बैंकले अन्र्तराष्ट्रिय वित्त निगम (आइएफसी) सँग २ करोड अमेरीकी डलर

जेठ १४ गते रातिको फुटेज भेटियो

    अर्थमन्त्रालयमा बाहिरी व्यक्तिको घुसपैठ भएको भनिएको १४ जेठको सीसीटीभी फुटेज रिकभर

व्यापारघाटा १७ खर्ब नाघ्यो, विदेशी मुद्रा सञ्चितिको दबाबमा देश

    आर्थिक वर्ष २०७८/७९ को वस्तु तथा सेवा आयातमा १९ खर्ब रूपैयाँ

लक्ष्यभन्दा कम राजश्व संकलन, निर्यातभन्दा ४० गुणा बढी आयात

    अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको भैरहवा