बाह्र हजार फलफूलका बिरुवा वितरण



ल्लामा विभिन्न जातका फलफूलका बिरुवा निःशुल्क वितरण गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत सन्तोष पाठकका अनुसार पहिलो चरणमा बाढी पहिरोपीडित कालिका, नौकुण्ड र उत्तरगया गाउँपालिकाका ३०८ परिवारलाई १२ हजार ७०० फलफूलका बिरुवा निःशुल्क वितरण गरिएको छ ।

कागती, सुन्तला, अम्बा र अलैँचीका बिरुवा वितरण गरिएको हो । बिरुवा संरक्षण गर्न किसानलाई प्राविधिकले आग्रह गरेका छन् । उत्तरी रसुवाको स्याफ्रुबेँसीमा अहिले अम्बाका साथै सुन्तलासमेत उत्पादन हुन थालेको छ ।

यस्तै चालू आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा कृषि कार्यालयले ८१ मौरीको घार वितरण गरेको छ । मौरीसहित रु १० हजार मूल्य पर्ने घार र प्रतिघार रु पाँच हजार ढुवानी भाडा किसानलाई उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत दिनेशबाबु तिवारीले बताउनुभयो । कार्यालयले हालसम्म एक हजार ५५६ मौरीका घार वितरण गरेको छ । किसानलाई एपिस सेरेना जातको मौरी उपलब्ध गराइएको हो ।

गत वर्षको तथ्याङ्क अनुसार परम्परा र आधुनिक ढंगबाट पालिएका मौरीले १८ क्विन्टल मह उत्पादन गरी कूल रु एक करोड ८० लाखबराबर आम्दानी गरेको कार्यालयले जनाएको छ । मह प्रतिकिलो रु ६०० मा बिक्री गरिएको थियो ।

प्रकाशित मिति : १९ असार २०७५, मंगलबार  १५ : १४  बजे

प्रतिक्रिया दिनुहोस
१० केजी मल दिएर उत्पादन वृद्धि कसरी हुन्छ : बास्काेटा

     सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले किसानलाई मलको व्यवस्था गर्न

धान दिवसको उपलक्ष्यमा शीतल निवासमा रोपाइँ

    असार १५ अर्थात् धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ

नेपालमा मलको हाहाकार भइरहन्छ : कृषिमन्त्री

    कृषि रामनाथ अधिकारीले रासायनिक मलको हाहाकार सधैँ हुने बताएका छन् ।

दुई घण्टा बोकेर हाते ट्रयाक्टर चितवनको कान्दा पुर्‍याइयो

     चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको