५ वर्षमा सवा २ अर्बको सुन बरामद,हेर्नुहोस ४०० केजी सुन कसरी तस्करी भयो?



हाम्रो इकोनोमि

पछिल्लो ५ वर्षमा मुलुकमा तस्करीका लागि ल्याइँदै गरेको सवा २ अर्ब रुपैयाँ बराबरको सुन बरामद भएको छ ।

दैनिक एक सय किलो सुन तस्करी हुने अनुमान गरिए पनि प्रहरीले न्यून परिमाणमा मात्रै बरामद गर्दै आएको छ । सोमबार प्रहरीले केरुङ–रसुवागढी नाका हुँदै भित्रिएको करिब ४३ करोड रुपैयाँ बराबरको ८८ केजी अवैध सुन बरामद गरेको  छ । प्रहरीले यति ठूलो परिमाणमा सुन बरामद गरेको भने यो पहिलो घटना हो ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले वा १७ च ६४२७ नम्बरको टाटासफारी जीपमा लुकाइएको उक्त सुनसहित चालक प्रकाश अधिकारीलाई क्षेत्रपाटीबाट पक्राउ गरेको हो । उनी भरियामात्रै हुन् ।

प्रहरीका अनुसार चालक अधिकारीले उक्त सुन काठमाडौंकै एक व्यापारीलाई पु¥याउने तयारी गर्दागर्दै प्रहरीको फन्दामा परेका हुन् । ती व्यापारी को हुन् भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार यो सुन चिनिया तस्करद्वय याङ वेन विङ र उनका श्रीमान पान वे मिङले ल्याएका हुन् । दुवैजना काठमाडौंको ठमेलमा काठमाडौं वन् होटलका सञ्चालक हुन् । तर  महाशाखाले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।

दरबारमार्ग, ठमेल, न्युरोड/विशालबजार क्षेत्रका कहलिएका सुनव्यापारी नै तस्करीमा संलग्न भएपछि २ वर्षअघि प्रहरीले विशेष अपरेसन नै चलाएको थियो । पछिल्लो १ दशकको अवधिमा विभिन्न परिमाणमा बरामद भएको सुन करिब ५ सय ५० केजी हाराहारीमा छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो १० वर्षमा एक पटकमा १ सय ग्रामदेखि ३५ केजीसम्म सुन बरामद भएको भएको थियो । विहीबार मात्रै काठमाडौंबाट २२ केजी सुन बरामद गरेको थियो । तर एकैपटक यतिधेरै सुन भित्रिएकोमा प्रहरी नै आश्चर्यमा परेको छ । यसअघि २०७० सालमा केन्द्रीय अनुसन्धान ब्यूरोले सबैभन्दा ठूलो परिमाणको ३५ केजी सुन बरामद गरेको थियो ।

कहिले–कति बरामद ?

  • २०७४ भदौ १९ – ८८ केजी
  • २०७४ भदौ १५ – २२ केजी
  • २०७४ असार २९ – ९ केजी
  • २०७३ माघ १– १३ केजी
  • २०७३ पुस ६ – a५ केजी
  • २०७३ पुस २१ –३३ केजी
  • २०७३ चैत ३ – ७ केजी
  • २०७३ जेठ ३० – ६ केजी
  • २०७१ साउन – २० केजी
  • २०७१ मंसिर – २५ केजी
  • २०७०/०७१ – ८९ केजी
  • २०६९/७० – ८३ केजी

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...